नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश सरकार बीच ४ बुंदे सहमति अनसन स्थागित ।

सबै

हुलाकी राजमार्गको सिरहा र धनुषा जोड्न  कमला नदीमा नयाँ पक्की पुलको माग गर्दै २०८१ भदौँ ४ गते देखि आमरन अनसन सुरुभएको थियो  । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा १० जनाको सहभागितामामंगलबार देखि आमरन अनसन सुरु गरिएको थियो। 

हुलाकी सडक अन्तर्गत  कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवकोनेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडानम्बर४ का वडाअध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, वडानम्बर ३का वडाअध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश कुमार यादव, युवा अभियन्ता मनिषकुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादव आमरण अनसनमा बसेका थिए ।

विगत १३ वर्षदेखि निर्माणधीन पक्की पुल अलपत्र परेको, जोखिम रहेकोले नयाँ पुलको माग गर्दै इन्जिनियर नेतृत्वमा जनप्रतिनिधि रअभियन्ताहरुले सामुहिक रुपमा आमनरन अनसनमा बस्न बाध्य भएको संयोजक इन्जिनियर प्रविणले बताए । मधेशप्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टा पछि अनसनकारीको समर्थनमा एक्यबद्धताकोओइरो लागकोथियो । विभिन्न सामाजिक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै एक्यबद्धता जनाएका थिए ।

आज मिति २०८१|०५|०७ गते नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषा र मधेश प्रदेश सरकारबीच वार्ता भई देहायकाविषयमा सहमति भएको ब्यहोरा यसप्रकार रहेको छ ।

१. नयाँ कमला पुलको निर्माण गरिने  ।

२.नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२\०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने नभएमा सम्पुर्णबजेट मधेश प्रदेश सरकारको श्रोतबाटै ब्यहोर्ने।

    ३. २०८१/०८/०१ भित्रमा पुल निर्माणको DPR का तयारीका लागि बोलपत्र आह्वान गरिने।

    ४. नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम आजैको मितिबाट स्थगित गरिने।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *