६ भदौ । कमला पुलका लागि मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको आमरण अनसनलाई समर्थन गर्दै सिरहाबजार बन्द गरिदैछ ।
आमरण अनसन बसेको तेस्रो दिन बिहीबार सिरहाबासी युवाहरुले बजारसँगै सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द गराउने निर्णयगरेको हो ।
आमरण अनसनमै बस्न बाध्य बनाएको सरकारले अनसनकारीको स्वास्थ्यमा समस्या आउन थालेपनि चासो नदेखाएको भन्दै सिरहाबासीयुवाहरु सक्रिय भएको स्थानीय ईन्जिनियर मनिष यादवले बताए ।
दशकौदेखि प्रतिक्षित हुलाकी राजमार्ग पूर्ण रुपले सञ्चालनमा आउन कमला पुल मुख्य बाधक हो । १३ वर्ष लगाएर निर्माण गरिएकोउक्त पुल उद्घाटन हुन तीन दिन बाँकी रहँदा भासिएको थियो । त्यसयता सरकारले पुल पुनर्निर्माण थालेको जस्तो देखिएपनि अहिलेसम्मकाम सम्पन्न हुन सकेको छैन ।
बारम्बार मौखिक र लिखित ताकेदा गरे पनि सम्बन्धित निकायले सुनुवाई नगरेपछि बाध्य भएर आमरण अनसनमा बस्नु परेको संयोजकईन्जिनियर प्रविण यादवको भनाई छ ।