बहिरा माविका बिधार्थीलाई एनएमबी बैंकको शैक्षिक सामग्री

प्रदेश सबै समाचार

सिरहा । एनएमबी बैंक शाखा कार्यालय सिरहाले एक कार्यक्रमको आयोजना गर्दै बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहामा अध्ययनरत छात्र/छात्रालाई स्कुल ब्याग र जुत्ता प्रदान गरेको छ ।
बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहाका अध्यक्ष गंगाराम यादव र एनएमबी बैंकका प्रमुख सरोज कुमार यादवले जुत्ता र ब्याग हस्तान्तरण गरे ।


सामाजिक उत्तरदायित्व कार्य अन्तरगत बहिरा माध्यमिक विद्यालयमारत १सय ८ जना छात्रछात्रालाई ब्याग र जुत्ता प्रदान गरिएको छ भने बिधालयको पुस्तकालयका लागि बिभिन्न खाले पुस्तक समेत उपलब्ध गराएको एनएमबी बैंकका श्रावण यादवले बताए।

एनएमबी बैंकका अनुसार १लाख ५१ हजार मुल्य बराबरको उक्त सामग्रीहरू प्रदान गरिएका छन्। उक्त कार्यक्रममा एनएमबी बैंकका निरज महतो, राजेश राज शर्मा,सचिन बिश्वास लगायत बहिरा माध्यमिक विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *