सिरहामा गणेश चर्तुदशी पूजामा ४२५ केजिको शुद्ध घ्यूको लड्डु । 

सबै

नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते ।

 सदरमुकाम सिरहामा नेपालमै सबैभन्दा ठूलो चार कुन्टल पचिस (४२५) किलोको शुद्ध  घ्यूको लड्डू गणेश चर्तुदशीको आकर्षकको केन्द्रबनेको छ । 

सिरहा नगरपालिका वडा न.१ महावीर चौकमा भव्य गणेश  चर्तुदशी पूजा मनाईरहेका छन  ।

प्रत्येक बर्ष झै यस बर्ष पनि  गणेश चर्तुदशी पूजा यस पटक पनि गणेश पूजा महोत्सव आयोजना गरिएको छ ।

यस बर्ष ४२५ किलोको शुद्ध घ्युको ठूलो लडु  रहेको मेला समितिले जनाएको छ ।  भगवान गणेशको आकर्षक प्रतिमा सिंगोका कारणपनि चौकमा भगवान श्री गणेशको यस मेलामा शुद्ध प्यूमा बनेको ठूलो संखामा भक्तजन दर्शन गर्नेहरुको भिड रहेको छ । 

गणेशको जन्म भएको सम्झनामा गणेश चतुर्थीको दिन प्रत्येक वर्ष पुजा  हिन्दुधर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गणेशको पूजा गर्दासफल हुने जनविश्वास छ । 

गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरूमा भक्तजनहरुकोभिड लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *