कल्याणपुरकी उपमेयरद्वारा सरकारी गाडीको चरम दुरुपयोग, बिदाका दिन श्रीमान गाडी लिएर बिहेमा मस्ती गर्दै

सबै समाचार

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपलब्ध गराएको गाडी उनले निजी जसरी प्रयोग गर्दै आएकी छिन् ।

कार्यालयमा बिरलै देखिने उपमेयर यादव नगरपालिकाबाट उपलब्ध गराइएको प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो गाडी लिएर प्रायः निजी काममा ब्यस्त हुन्छिन् । उनी त उनी, सोही गाडी उनका श्रीमान् अजय यादवसमेत चढ्दै आएका छन् ।

सोमबार राती उक्त गाडी जनकपुरमा भेटियो । सञ्चारकर्मीको समूहले छ्याउँदै जाँदा उपमेयरका श्रीमान गाडी लिएर आएका रहेछन् । जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।

सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटा कयौं प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । यो त उदाहरण मात्रै हो, उपमेयर र उनका श्रीमानले सरकारी गाडीको चुनाव जितेदेखि हदसम्म चरम दुरुपयोग गर्दै आएका छन् ।

यसको स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले
बिरोध गर्दै आएका छन् । गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था नै छ । तर, सरोकारवाला र नियामक निकायले यस विषयमा मौनता साँधेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *