गौर । रौतहटका केही नाकाबाट केही सातादेखि तस्करी मौलाएको छ । तस्करी मौलाएको कारण भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन भने तस्करीका सामान बजारमा छ्पापछ्याप्ती पाउन सकिन्छ ।
रौतहटको औरयाकाट अहिले व्यापक तस्करी भैरहेको छ । चोरी तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका कर्मचारीको संरक्षण र सेटिङमा यो नाकाबाट ठूलो मात्रामा तस्करी भैरहेको छ। सशस्त्र प्रहरी बलले तस्करीको लाइन दिएका व्यापारीहरूमा अमरजित कपडा , चप्पल , हार्डवेयर ओम प्रकाश रक्सी , नागेन्द्र रांगाभैंसी , प्रमोद , मिश्रीलाल , बहिरा , किराना सामान , लम्वु गाईगोरू , इन्जात रांगाभैंसी प्रमुख छन् ।
यहाँको तस्करीमा सशस्त्र प्रहरी बल औरया बिओपीका निरीक्षक अनिल सुवेदीले संरक्षण र साथ दिदै आएका छन् । गौर र रामपुरखापबाट तस्करी गर्ने केही तस्करहरू पनि अहिले औरयाबाट खुलेयाम तस्करीको लाइन चलेपछि यही नाकाबाट काम गर्न आएको समेत थाहा भएको छ।
यो नाकाबाट भएको तस्करी र सशस्त्र प्रहरीको संरक्षणका बारेमा गणपति माधव रेग्मीसंग जिज्ञासा राख्दा उनले केही दिन पहिले मात्रै तस्करीको सामान गणले बरामद गरेको बताउदै निगरानी बढाउने बताए ।
स्थानीय किराना व्यवसायी गंगाराम साह भन्छन्–यो नाकाबाट सशस्त्र प्रहरीको संरक्षणमा ठूलो तस्करी भैरहेको छ । उनले भने–तस्करी दुबैतर्फबाट नै चलेको छ । बंकुलको नरकटिया नाका अहिले तस्करका लागि धेरै सजिलो मात्रै होइन, यहाँबाट केही तस्करहरूलाई खुलेआम लाइन पनि दिइएको छ ।
यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा मोतिम मियाँ कपडा, रूपेश हार्डवेयर, बच्चेलाल किराना, नवल कपडा र चप्पल, मुस्तफा कपडा, हार्डवयेर र चप्पल मुख्य छन् । सशस्त्र प्रहरी बलको बंकुलस्थित बीओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर रहेका छन् ।
स्थानीय व्यापारी किशेन्द्र मियाँका अनुसार कारोवारीहरूसँग रकम उठाउने काम बिओपी प्रमुख स्वयंले नै गर्छन् भने गणको भाग गणका घुमुवाले गर्दै आएका छन् ।सशस्त्र प्रहरीकै सामुन्ने यी नाकाबाट तस्करी गरी सामान नेपालतर्फ ल्याउँदैगरेको दृश्यसहितको भिडियो नै सार्वजनिक भए पनि सशस्त्र मुख्यालयले भने अनुगमन गर्न सकेको छैन ।
भन्सार अगाडिबाटै खुलेआम तस्करी हुने गरेको छ । दररेट तोकेर उक्त नाकाबाट ब्यापारीलाई कपडा तस्करीको लाइन दिइएको छ