सिरहामा ट्राफिक नियम पालनमा कडाई

सबै समाचार

मनिष यादब

जिल्लामा सवारी दुर्घटना बढेसँगै सिरहा ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरणका लागि क्रियाशिल भएको छ । सिरहा चोहर्वा सडक खण्डको विभिन्न चौक तथा अन्य ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने कार्यलाई तिब्रता दिएका छन् ।

ट्राफिक प्रहरीले सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत बलुवा चौक, विष्णुपुर, लक्ष्मीपुर, पद्मपुर, गुलरिया, सिरहा बजारको विभिन्न ठाउँमा निगरानी बढाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुका अनुसार हेल्मेट लगाए/नलगाएको तथा सवारीको कागजातलाई मिहिन रुपमा केरकार गरेका छन् ।

सिरहा ट्राफिक प्रहरी इन्चार्ज श्याम यादवका अनुसार ट्राफिक नियम पालन नगर्दा गएको केही दिनयता दैनिक ५ देखि १० जनालाई जरिवाना चिट काट्दै आएको छु । व्यक्तिले केही कुरामा सचेतना अपनाएर सवारी चलाए मात्र धेरैजसो दुर्घटना न्यून हुने उनको दाबी छ ।

जरिवाना भन्दा व्यक्तिलाई दिगो रुपमा सकारात्मक असर पर्ने गरी सम्झाउने, सचेत गराउने र राम्रोसँग सवारी चलाउन प्रेरित गर्ने कार्य गरिदै आएको छु,’उनले भने,‘व्यक्तिले सवारी चलाउदा मादक पदार्थको सेवनलाई पूर्ण बन्देजलाई व्यवहारमा ल्याउनुपर्ने हुन्छ ।

खासगरी नवयुवाहरुले अनियन्त्रित तवरले सवारी साधन चलाउने गरेको देखिएको विष्णुपुर ट्राफिक प्रहरी इन्चार्ज प्रदिप श्रेष्ठ बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगै समाजका अन्य पक्षका व्यक्तिहरुको जिम्मेवारी उतिकै भएको उनको धारणा छ ।

सवारी दुर्घटाना न्यून गर्न सबैले एकसाथ अगाडि बढ्नुपर्ने उनले बताए । कागजात नविकरण भए/नभएको, हेल्मेट लगाए÷नलगाएको, सवारीको गति, क्रसिङ्ग, भार क्षमता लगायतका कुराहरुलाई विषेश ध्यानमा राखेर चालकहरुलाई सचेतना दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख डम्बर बहादुर पुरीले बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी सचेतना कार्यक्रम, युवा तथा यात्रु अभिमुखीकरण कार्यक्रम लगायत अन्य गतिविधि गरिदै आएको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *