मधेशका एक युवा विमलको नामको चर्चा अब गाउँमा मात्र होइन विस्व स्तर मैं हुंदै छ । कुनै बेला सर्लाहीको एक गाउ इस्वरपुरबाट २०७२ शालमा काठमाण्डु कामको लागि पुगेका विमल साह पशुपति छेउमा हारमोनियम सफा गर्ने गर्थे । ऊनि हारमोनियममा पेच कस्ने गर्थे र त्यातीबेला कसैले कल्पना सम्म गरेको थिएन कि विमल डॉक्टरको उपाधि पाउछन र विस्वकार्तिमान गर्छन भनेर ।
आफ्नो लगन र मेहनत कार्यप्रतिको एकाग्रताको कारण नै आज विमल हार्माेनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफल हुनुभएको छ । वी. सं. २०४६ शालमा बुवा सत्यनारायण साह र माता राधिकादेवी साहका सन्तानका रुपमा जन्मिनुभएका विमल भारत , चीन , मलेसिया स्ट्रेलिया लगायक देशको समेत भ्रमण गरि सक्नु भएको छ ।
हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति बेनका छन। विमलको अहिले चौतर्फी चर्चा भइरहेको छ । कलाकारहरुलाई नेपालमा अहिले हरमुनियम बिग्रदा सम्झिने पहिलो व्यक्ति विमल नै हुन। उहाँलाई हरमुनियमको डाक्टरको रुपमा पनि चिनिन्छ ।
गायन क्षेत्रका हस्तीहरुको पहिलो रोजाई नै विमल बनेका छन। नेपाल चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा देखी गायक संगीतकार दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपाल मा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराई सकेका छन ।संगित प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहे छन ।
भारतीय कलाकारहरु उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक सहितका व्यक्तिहरु पनि आफ्नो हारमोनीयम ट्युनिङ गरिदिएको अनुभव सुनाउदै विमलले भने , आफ्नो काम ईमानदारी र लगन साथ गरेर यहांसम्म पुगेको छू । विमल अगाडि भने, ‘सबैले माया गर्नुभएको छ , विस्वाश गर्नु भएको छ ।
‘उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गराइसक्नु भएको वृतान्त सुनाए ।विमल वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्वारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित हुनुभएको छ ।