सिरहामा अलपत्र परेको पुल सञ्चालनमा ल्याइँदै

सबै समाचार

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले वडा नम्बर ८ चोहर्वास्थित मैनावती नदिमा ६ वर्षअघि निर्माण गरेको पुल प्रयोगमा ल्याइने भएको छ । ६ वर्ष अघि निर्माण भएको पुल विभिन्न कारणले अल्पत्र अवस्थामा रहेको थियो ।सो पुल प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसिको अगुवाइमा यो पुललाई सञ्चालनमा ल्याउन बाँध हालिँदै छ ।

नागरिकलाई आवतजावत गर्न कठिनाइ भइरहेको देखिएपछि नगरपालिकाले पुललाई सञ्चालनमा ल्याउन लागेको हो । ३० फिट लम्बाइको पुल सञ्चालनमा आएपछि यस भेगका नागरिकले लामो दुरी तय गर्नुपर्ने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने झन्झट अन्त्य हुनेछ ।

लामो समयदेखि अलपत्र बनेको यो पुल सञ्चालनमा ल्याउन लागेपछि स्थानीय हर्षित भएका छन् ।
यता,गोलबजार नगरपालिका वडा न-८ का स्थानिय बेचन यादब भन्छ्न,आफुहरु लाई गोलबजार जान्का लागि चोहर्वाको भाइजीटोल देखि महेन्द्र राजमार्ग हुँदै जानू पर्थियो।महेन्द्र राजमार्ग हुँदै जादा आधा घन्टा लाग्ने गरेको थियो, अब यो पुल सन्चालनमा आएपछी ५ देखि १० मिनेटमै गोलबजार पुगन सकिन्छ । त्यस्तै सोही वडाका स्थानिय जलेश्वर ठाकुर भन्छ्न ,आफ्नो घर खोला वारि छ्न भने खोलापारी खेत रहेको छ ।पुल सन्चालनमा नहुदा खेतिवाली हेर्न आउन समेत समस्या हुन्थियो अब यो पुल सन्चालनमा आउदा सारै सुबिधा हुने र खेतिवाली हेर्न सहज समेत हुने बताए ।

नागरिकलाई भइरहेको कठिनाइलाई मध्यनजर गरी सञ्चालकको गृहकार्य थालेको र साताभित्रै पुल सञ्चालनमा आइसक्ने साइट इन्चार्ज संजय यादबले बताए ।

यता,नगरपालिकाले सो पुल निर्माणका लागि आर्थिक वर्ष ८०/८१ मा पुर्न निर्माणका लागि नगरपालिकाले ५० लाख बजेट समेत छुटयाइसकेको अधिकृत श्रीधर केसिले जानकारी दिए ।असारमासान्त सम्ममा पक्की पुल समेतको निर्माण कार्य सम्पन्न गरिने जनाए ।

पुल सञ्चालनमा आएपछि यस भेगका हजारौं सर्वसाधारण लाभान्वित हुनेछन्|

Leave a Reply

Your email address will not be published. Required fields are marked *