युथ एसोसिएसन अफ नेपाल – यान महोत्तरीले दिप प्रज्वलन गरि बलिदानी दिवस मनाएका छन। मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई बलिदानी दिवसको रुपमा मधेसले मनाउँदै आएका छन।
यान सदस्य राम साहको नेतृत्वमा गौशाला त्रिभुवन मा.वि अगाडि दिप प्रज्वलन गरि १७ औं बलिदान दिवस मनाईएको छ। सहिदहरुको आत्माको शान्तिको लागि एक मिनेट मौन धारण गर्दै सुरु भएको कार्यक्रममा विभिन्न वक्ताले आ-आफ्नो मन्तव्य राखेका थिए।
यान केन्द्रिय सदस्य सुरज चौधरीले ‘मधेश आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुको बलिदानी बिर्सिनै नसक्ने र उहाँहरुको सपना अझै पूरा हुन नसकेको बताउदै दु:ख व्यक्त गरेका छन। उहाँले ‘मधेस केन्द्रित सम्पुर्ण पार्टीको नेताहरुले हालसम्म सहिदलाई बस एक राजनीतिक मोहरा बनाइ सरकारमा गएर रोटि सेक्ने काम मात्र गरेका’ बताएका छन।
यान संस्थापक सदस्य रोशन यादवले ‘मधेस प्रदेश मुख्य न्यायधिवक्ता कार्यालयमा वीर सहिद रामबिबेक यादवको धर्मपत्नी माथि हुँदै आएको ज्यादती पनि यानलाई राम्रो सँग अवगत भएको र समयमै प्रदेश सरकारले यस समस्याको हल ननिकाले यसको जवाफ प्रदेश सरकारलाई यानले दिनेछ भन्दै चेतावनी समेत दिएका छन।
मधेस भवनको भित्र र वरिपरि के के हुन्छ के के हुँदैन भनेर हामीलाई पनि खबर हुन्छ, संबंधित व्यक्ति कहाँनै हामी पुग्नु पर्दैन। र समयले माग गरेपछी संबंधित व्यक्तिको प्रतिकारको लागि यान प्रखेर पनि बस्दैन र आजसम्म बसेको पनि छैन याद रहोस’ भन्दै आक्रोश व्यक्त गरेका छन।
कार्यक्रममा गौशाला नगरपालिकाका पुर्व नगरप्रमुख सिबनाथ महतो, यान संस्थापक सदस्य रोशन यादव र यान केन्द्रीय सदस्य सुरज चौधरीको ज्युको विशेष उपस्थिति सहित यानका दर्जनौँ सदस्यहरुको उपस्थिति रहेको थियो।