मधेशका मुख्यमन्त्री जनमतका महेश यादव बन्दै !

सबै समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जनमत पार्टीका महेश यादव लगभग निश्चित भएको छ ।

हिजो मात्रै जनमतलाई मधेशको नेतृत्व दिनेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत भएको हो । तीनै दलबीच नयाँ सरकार गठन गर्नेबारे लिखित सहमती नै भएको छ ।

सहमती पत्रमा नेकपा एस र लोसपा पनि सहयोग गर्ने उल्लेख छ । तर यी दुई दलका संसदीय दलका नेताको हस्ताक्षर भने छैन् । स्रोतका अनुसार दुबै दलले तत्काल हस्ताक्षर नगरेपनि जनमत नेतृत्वको सरकारमै सहभागी हुनेछन् ।

जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश यादव छन् । त्यसैले यादव नै मुख्यमन्त्री बन्ने बुझिएको छ ।

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि वर्तमान जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *