उल्लासमय सिरहाप्राण प्रतिष्ठाको अवसरमा आयोजित कार्यक्रमहरुको तयारी पुरा

प्रदेश मिथिला मञ्च सबै समाचार

बद्री नारायण यादव

सिरहा। मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सिरहाको विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमहरुको तयारी अन्तिम चरणमा पुगेका छन् ।सिरहा जिल्लाको लहान, धनगढि, लक्ष्मीपुर पतारी, महेशपुर, भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, सिरहा, सिकाज्योती, माडर, भलुवाही, विष्णुपुर, चोहर्वा, गोलबजार, मिर्चैया, कर्जन्हा, बन्दिपुर, कल्याणपुर लगायत विभिन्न ग्रामिण भेगमा प्राण प्रतिष्ठासँग जोडेर विविध प्रकारका कार्यक्रमहरुको आयोजनाको तयारी पुरा भएको स्थानीहरुले जनाएका छन् ।

हरेक गाउँ, बस्ती तथा शहरका मठ मन्दिरहरु विभिन्न खाले फुलहरुले सजिएको हुँदा झिलिमिलि देखिएको स्थानीयहरुले जानकारी गराएका छन् ।

‘अष्टयाम त कुनै ठाउँमा कलश यात्रा निकालिएको छ भने कुनै ठाउँमा निकाल्ने तयारी गरिएका छन्,’स्थानीयहरुले भने, ‘हरेक धार्मिक स्थलहरुमा कुनै न कुनै कार्यक्रम आयोजना गरिएका छन् ।’

पसल, बजार तथा हरेक सार्वजनिक स्थलहरुमा जय श्री राम लेखिएको झण्डा लगाएको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘कतिपय ठाउँमा मोटरसाइकल ¥याली निकाल्ने तयारी भएको छ,’ स्थानीयहरुले बताउदै भने,‘उत्सव विनाको कुनै गाउँ र ठाउँ छैन् ।

’सार्वजनिक स्थानहरुलाई सरसफाई गरिएको छ भने जिल्लाको राम मन्दिर, हनुमान मन्दिर, राजनकी मन्दिरहरुलाई बेहुली झै विभिन्न फुल तथा सजावट सामग्रीहरुले झिलिमिली देखिएको स्थानीयहरुले बताएका छन् ।

सिरहा जिल्लाको अधिकांश बिजुलीको पोल तथा सार्वजनिक स्थानहरुमो जय श्री राम लेखिएको झण्डा देखा परेको उनीहरुको भनाई छन् ।सिकाज्योतीबाट बिशाल कलश यात्रासिरहा नगरपालिका–२० सिकाज्यातीबाट प्राण प्रतिष्ठाको अवसरमा बिशाल कलश यात्रा निकालिएको थियो ।

सिकाज्यातीबाट सुरु भएको उक्त कलश यात्रामा दुई हजार भन्दा बढि कलश यात्री सहभागी रहेको जानकारी दिएइएको छ । सुरु भएको कलश यात्रा सिरहा नगरपालिकाको छोटकीटोल, बसपिट्टा, सिरहा बजार क्षेत्र परिक्रमा गर्दै आयोजित यज्ञ स्थल सिकाज्योतीमा गएर बिसर्जन भएको थियो ।

०८० माघ ८ देखि २१ सम्म यज्ञ संचालन रहने जनाइएको छ । मोटरसाईकल ¥यालीप्राण प्रतिष्ठाको अवसर पारेर उत्सवमय बनाउन सिरहाका युवाहरुले मोटरसाइकल ¥याली निकाल्ने तयारी गरेको स्थानीय धर्म यादवले जनाए । दुई सय भन्दा बढी मोटरसाइकलमा सवार रहेको युवाहरुको ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्ने उनले दाबी गरे ।

यस्तै, सिरहा नगरपालिका–२० लगडि गदियानीबाट स्थानीय युवाहरुको सहभागीतामा निस्कने मोटरसाइकल ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्ने जनाइएको छ । उक्त ¥यालीमा एक सय भन्दा बढि मोटरसाइकलको सहभागीता रह्ने दाबी गरिएको छ ।

यसैगरी सिरहा जिल्लाको विभिन्न गाउँ तथा बजार क्षेत्रबाट मोटरसाइकल ¥याली निकाल्ने तयारी भएको स्थानीयहरुले बताएका छन् ।विदासँगै दिप प्रज्वलनको आव्हानप्राण प्रतिष्ठाको अवसरमा सिरहा जिल्लाको विभिन्न स्थानीय तहहरुले सार्वजनिक सूचना जारी गर्दै ०८० माघ ८ मा सार्वजनिक विदा दिएर हरेक घरमा दिपावली मनाउन आव्हान गरेका छन् ।

सिरहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनाराण यादव, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठ, बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतो, कर्जन्हा नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रकाश कोइराला, मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादव, कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह, नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादव, भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, धनगढिमाई नगरपालिकाका नगरप्रमुख शिव शंकर महतो, केदारनाथ यादव, लगायतले सार्वजनिक सूचना जारी गरेर विदा दिँदै दिपावली मनाउन नगरबासीहरुलाई आग्रह गरेका छन् ।

मदिरा र मासुजन्य पदार्थ नबेच्न आग्रहस्थानीय तहहरुले सार्वजनिक विदा दिँदै आ–आफ्ना बस्ती, घर तथा सार्वजनिक स्थानहरुमा दिप प्रज्वलन गर्नुका साथै मदिरा तथा मासु, माछा र अन्य मासुजन्य पदार्थ बिक्रि वितरण नगर्न आग्रह गरेका छन् ।

यस्तै, सनातन हिन्दु परिषद् नेपालका अध्यक्ष मनिष कुमार यादवले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापन पत्र बुझाउदै मदिरा, माछा, मासु तथा मासुजन्य अन्य पदार्थ विक्रि वितरणमा रोक लगाई आयोजित कार्यक्रमहरुलाई सफल पार्न सहयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *