स्व. शिक्षक रामाशिष गोईत यादवको स्मरणमा बालबालिकाका लागि नि:शुल्क ‘डिजिटल कक्षा

सबै समाचार

सिरहा । सिरहा नगरपालिका-१७ का स्व. शिक्षक रामाशिष गोईत यादवको स्मरणमा बालबालिकाका लागि नि:शुल्क ‘डिजिटल कक्षा’ ट्यूशन संचालन भएको छ ।

स्व. यादवका छोरा डा. कृष्ण कुमार यादवले बुवाको नामबाट प्रतिष्ठान (रामाशिष यादव प्रतिष्ठान) बनाएर डिजिटल कक्षा संचालनमा गरेका हुन् । शनिवार एक समारोहबीच नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले डिजिटल कक्षाको समुद्घाटन गरे ।समुद्घाटन समारोहमा बोल्दै नेता यादवले स्व. शिक्षक यादव सिरहा र धनुषामा शिक्षाको ज्तोती फैलाएको बताए ।

उनले भने, ‘उहां (रामाशिष) मेरो गुरु हुनुहुन्थ्यो । माओवादीको जनयुद्ध सफल पार्नमा पनि उहाँको ठूलो योगदान छ । उहाँको स्मरणमा डिजिटल कक्षा संचालन हुँदा खुशी लागेको छ ।’स्व. शिक्षक यादवका छोरा डा. कृष्णले यहांका ९/१० कक्षामा पढ्ने विद्यार्थी पनि धेरै कमजोर रहेको थाहा पाएपछि डिजिटल कक्षा संचालन गरेको बताए । उनले भने, ‘बाहिरका विज्ञ शिक्षकबाट पनि पढाउन सजिलो होस् भन्ने उदेश्यले डिजिटल कक्षा सुरु गरेका छौं ।

यसलाई विस्तारै व्यबस्थित गर्दै लग्छौं ।’उनले बुवाकै नामबाट यहां सुविधासम्पन्न एम्बुलेन्स पनि संचालनमा ल्याउने सोच रहेको बताए । ‘यदि समयमै अस्पताल पुर्याएको भए म बुवालाई सायद गुमाउनु पर्दैन्थ्यो,’ उनले भने, ‘यहां यस्तो एम्बुलेन्सको आवश्यकता छ, जुन एम्बुलेन्समा भेन्टिलेटर होस् । दक्ष चिकित्सक होस् ।

म यस्तै सुविधासम्पन्न एम्बुलेन्स संचालनमा ल्याउने प्रतिबद्धता जनाउँछु ।’डिजिटल कक्षा समुद्घाटन समारोहमा माओवादी नेता तथा मधेशका पूर्व सांसद जगत यादव, मिर्चैयाका मेयर श्रवण यादव, धनुषाका माओवादी नेता श्रवण बरबरिया लगायतको उपस्थित थियो । उनीहरु पनि स्व. शिक्षक यादवप्रति श्रद्धाजली व्यक्त गर्दै योगदानको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *