खडकमा युवाले आफै चलाए स्थानीय सरकार

सबै समाचार

सप्तरी – जिल्लाको खडक नगरपालिकाको सभाहलमा चार दिवसीय नमुना नगर युवा संसद अभ्यास कार्यक्रम आज सम्पन्न भयाे ।   नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद् नेपालको समन्वय तथा खडक नगरपालिका नगर कार्यपालिकाको कार्यालय कल्याणपुरको आयोजनामा  चार दिने नमुना नगर युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएकाे छ ।

नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख अतिथियमा सुरु भएको अभ्यास कार्यक्रममा संसदको प्रक्रिया बारे जनाकारी
राष्ट्रिय युवा परिषद द्वारा परिचालित प्रशिक्षकहरुले स्थानीय तहकाे नगर सभा संचालन बारे युवाहरू लाई प्रशिक्षण गरेका हुन राष्ट्रिय युवा परिषद्ले माे• नइम राईन र श्याम साह गरि दुई जना प्रशिक्षकहरु स्थानीय तह नमुना युवा संसद अभ्यासकाे लागि खटाएको हाे । प्रशिक्षकहरुले संघीय,प्रदेश र स्थानीयतहको विधान सभा बारे जानकारी , राज्यका प्रमुख तिन अंग व्वस्थपिका कार्यपालिका र न्यापालिका तथा शक्तिपृथ्किकरण बारे बुझाउने, नगर सभाको वनावट क्षेत्रअधिकार,संचालन कार्यविधि बारे जानकारी, अभ्यास गराए , युवा दर्शन,लेकतन्त्र र लोकतान्त्रिक संस्कृति बारे बुझाउए,तिनीहरुलाई युवाको समस्याहरु युवानिति र दिशानिर्देशहरुारे जानकारी गराए,नमूना नगरपलिका युवा संसदको अभ्यास ,राष्ट्रिय युवानीति २०७२ बारे बुझाउने र युवाभिजन २०२५ लगायतकाे विषय सहभागीहरु लाई सिकाई गराएका हुन । नगरप्रमुख जयप्रकास चौधरीले यस अभ्यासले युवाहरुलाई समाजमा सक्रिय र नेतृत्वशील बनाउने बताएका छन चौधरीले भने पलिकाकाे परिवर्तनकाे निम्ति युवाहरू आवश्यकता छ । चौधरीले भने युवाहरु तीन महिना स्वंमसेवक भएर काम गर्दिए भने उद्योग ठुलो पालिकाले संचालन गरेर युवाहरु लाई रोजगारको शिर्जाना गर्छु ।

शिक्षा शाखाका प्रमुख बिरेन्द्र कुमार यादवले नगर स्तरीय युवा संजाल गठन गर्दै युवाहरु लाई बद्न प्रोत्साहन गरे । उनले भने पालिका बाट भएका संजालसंग हामी समन्वय गरि युवाहरूकाे विकासकाे निम्ति पलिका भित्र अन्य कार्यक्रम समेत आयाेजना गर्ने छाै ।
नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख अतिथिमा सम्पन्न भएको  नगर युवा संसद अभ्यास कार्यक्रममा खडक नगरपालिकाका १६ बर्षदेखि २४ बर्ष मुनीका युवा÷युवतीहरुको सहभागिता रहेका थियो   । उक्त कार्यक्रममा खडक नगरपालिका वडा नं १ देखि ११ वडाका ३० जना युवा÷युतीहरुले उक्त अभ्यासमा रहेका थिए ।  
उक्त कार्यक्रममा विभिन्न शाखा प्रमुख,स्थानिय,नागरिक समाज,बुधिजिवी,पत्रकार र सबल नेपालका अध्यक्ष ,प्रदेश युवा संजालका अध्यक्ष माे• नइम राईन र इन्चार्ज श्याम साह सबल नेपालका कार्यक्रम सुपरपाइजर अशोक कुमार साह सहितको सहभागिता रहेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *