भ्रष्टाचार गरेको भन्दै एक जनालाई कालोमोसो र चप्पलको माला

सबै समाचार

धनगढी । डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई कालोमोसो र चप्पलको माला लगाइएको छ ।

आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई कालोमोसो दलेको हो ।

२०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई वैद्य नेतृत्वको पार्टीका व्यक्ति हौँ भन्दै आएको समूहले कालोमोसो दलेको बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

तर कालोमोसो दल्ने कार्यमा संलग्न व्यक्तिहरुको पहिचान भने खुलेको छैन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
[8:58 pm, 11/02/2024] Manish: काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

सिरहा नगरपालिका–७ स्थितबाट पेस्तोल एक थानसहित औरही गाउँपालिका–४, कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव पक्राउ परेका हुन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका–३ का २२ वर्षीय संजितकुमार यादव समेतसँग विवाद भएको थियो । प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट पेस्तोल फेला पारेको थियो। आज सिरहा जिल्ला अदालतबाट दिन ७ (सात)को म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता रविन्द्र राज पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *