खाडी देश युएईको राजधानी अबुधावीमा भव्य राम मन्दिर निर्माण

सबै समाचार

सुरेन्द्र कुमार कामति

युएईको राजधानी अबुधावीमा खाडी मुलकमै सवैभन्दा ठूलो मन्दिर ‘स्वामीनारायण मन्दिर’को उद्घाटन गरिएको छ । भारतको अयोध्यामा निर्माण गरिएको जस्तै नागर शैलीमा स्वामीनारायणको मन्दिर निर्माण गरिएको छ ।
मन्दिरभित्र राखिएको विभिन्न देवीदेवताको मूर्तिमा श्रीपञ्चमीको अवसरमा प्राणप्रतिष्ठा लगायतका धार्मिक अनुष्ठानका कार्य सम्पन्न भएको छ । मूर्तिमा प्राणप्रष्तिठाको काम धार्मिक विधिपूर्वक बाप्सका साधुसन्तले गरेका छन् ।
मन्दिरभित्र शिवपावर्ती, सीताराम लगायतका हिन्दुधर्मका देवीदेवताका मूर्ति रहेको छ । प्राणप्रतिष्ठा सम्पन्न भएसँगै छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उद्घाटन गरेको छ । प्रधानमन्त्री मोदीले धार्मिक विधिपूर्वक पूजापाठमा सहभागी भएर मन्त्रीको उद्घाटन गरेका छन् । सो अवसरमा युएईका सहिष्णुता र सहअस्तित्व मन्त्रालयका मन्त्री शेख नहायन विन मुबारकको उपस्थिती रहेको थियो ।

१ सय आठ फिट अग्लो
सन् २०१५ मा भारतीय प्रधानमन्त्री मोदीको युएईको भ्रमणको बेलामा मन्दिर निर्माण गर्ने प्रस्ताव गरिएको थियो । त्यसपछि युएई सरकारले मन्दिर निर्माण गर्न जग्गा प्रदान गरेको थियो । अबुधावी–दुवई राष्ट्रिय राजमार्ग अन्र्तगत अबुधावीको अबुमुरेखमा स्वामीनारायण मन्दिर निर्माण गरिएको हो । बोचासनवासी अक्षर पुरूषोत्तम स्वामीनारायण संस्था (बाप्स)ले करिब साढे १४ अर्ब रुपैयाँमा मन्दिर निर्माण गरेको हो ।
१ सय आठ फिट उचाई, सात वटा शिखर रहेको मन्दिर निर्माणमा १ लाख ० हजार क्यूविक फिट ढुङा, १ लाख ईटा, ४० हजार क्यूविकफिट मार्वल र ३ सय सेन्सर जडान गरिएको बाप्सले जनाएको छ । मन्दिर २७ एकड जमिनमा फैलिएको छ । मन्दिरमा निर्माण गरिएको सात वटा शिखरले युएईको सात वटा स्टेट (राज्य)को प्रतिनिधित्व गरेको जनाईएको छ ।
चेक गणराज्यवाट ल्याएको ६ वटा रुख मन्दिरको बाटोमा रोपिएको छ । जहाँ प्राचीन भारतका पवित्र नदीहरु गंगा, यमुना र सरस्वतीको प्रतिकात्मक स्वरुप पनि बनाईएको छ । तीनै नदीको संगमस्थल पनि निर्माण गरिएको छ ।

मन्दिरमा ९६ वटा घण्टी जडान गरिएको छ । दर्शनमा आउने श्रद्धालु भक्तजनहरुले मन्दिर प्रवेश गर्ने क्रममा घण्टी बजाउन सक्नेछन । मन्दिरमा प्राविधिक रुपमा सूचना संकलन गर्न ३ सय सेन्सर जडान गरिएको छ भने ७ रेक्टर स्केलको भूकम्पको धक्कालाई पनि झेल्न सक्ने गरी निर्माण गरिएको छ । मन्दिरको संरचना अगामी १ हजार वर्षसम्म टिकाउ रहने जनाईएको छ ।
ढुंङालाई कलात्मक स्वरुप दिन भारतको राजस्थानवाट २५ सय कारिगर अबुधावी पुगे ।त्यसमा विभिन्न कथाहरु समेटिने गरी आकृतिहरु बनाएको छ । जसमा विभिन्न संस्कृति, सभ्यता र कथाहरु गुथिएको छ । मन्दिर भित्र एउटा सामुदायिक समेत रहेको छ । त्यहाँ दर्शनमा आउनेहरु साधना र अनुष्ठान गर्न सकिने बाप्सले जनाएको छ ।
मन्दिर निर्माणमा विशेष रुपमा पर्यावरणको पनि ध्यान दिईएको छ । यसमा भारतको राजस्थानवाट गुलाफी ढुङा र इटलीको सेतो संगमरमर प्रयोग गरिएको छ । मन्दिर निर्माणमा कुनै प्रकारको फलाम र स्टीलको प्रयोग गरिएको नभएको बाप्सले जनाएको छ ।


मन्दिरमा पारम्पारिक भारतीय र अरब क्षेत्रको संस्कृति झल्किने गरी विभिन्न कलाकृतिहरु सहितको वास्तुकलाको मिश्रण रहेको छ । गाई, हात्ती, मयुर जस्तो हिन्दु संस्कृति र ऊट, चिलहरु अरब संस्कृति झल्काउने गरी मन्दिरको ढुंङामा कुदिएको छ ।
मन्दिर निर्माणले संयुक्त अरब इमिरेटस (युएईको सहिष्णुता र सद्भावको प्रतिकको रुपमा पनि व्याखा गरिएको छ । मन्दिर बोचासनवासी अक्षर पुरूषोत्तम स्वामीनारायण संस्था (बाप्स ले निर्माण गरेको छ । मन्दिरले धार्मिक पर्यटनलाई पनि वढाउने अनुमान गरेको छ ।
१ मार्चदेखि दर्शनको खुला
संयुक्त अरब ईमिरेट्समा बसोबास गर्दै आएकाहरुले मन्दिरमा दर्शन गर्न पहिले नै नामाकरण गराउनु पर्ने जनाईएको छ । फरवरी १८ सम्म नामाकरण दर्ता गरेकाहरुलाई अगामी मार्च १ बाट दर्शनको निम्ति अवसर पाउने छन् ।
यस मन्दिरको मुख्यपुजारी ब्रह्मविहरिदास स्वामीले मन्दिर दर्शनलाई व्यवस्थापन गर्न अनलाईन रजिष्टे«शनको थालनी गरिएको बताएका छन् । मंदिरको उदेश्य संँस्कृतिक रुपमा र समुदाय स्तरमा सेतुको काम गर्ने जसले देशमा कायम रहेको सहिष्णुताको भावनालाई उजागर गर्न थप मद्दत मिल्ने उनले बताएका छन् । मुख्य पुजारी स्वमीले भने,‘‘सहिष्णुता र सद्भावना स्थल बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *