झापा । झापाको बिर्तामोड नगरपलिका-५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राज राजबंशी रहेका छन् ।
बुधबार दिउँसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्राम सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका राजबंशीको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।