गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गर्नुको यस्तो छ कारण

अन्य

काठमाडौँ । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गर्यो । महाराजगञ्ज र ठमेलबाट चक्रे मिलनसहित ४७ जना गण्डालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन धुमधामका साथ मनाइरहेका थिए । चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति गए । 

दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै राम्रो काम गरे । त्यसपछि उनी राती ठमेल पुगे । त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरीले जानकारी दिएको छ ।

अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । गाडीहरुको लावालस्करसहित ठमेलबाट महराजगञ्जसम्म स्कर्टिङ गर्दा कतिपयलाई लागेको थियो उनीहरु फिल्मी गुण्डा हुन । यहाँ सुटिङ हुदैँछ । तर, उनीहरु साच्चै गुण्डा थिए । र, उनीहरुले हो हल्ला पनि गरिरहेका थिए । 

होटलमा बसेर होहल्ला गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले माथिल्लो तहसम्म कुरा गरे । र, माथिको निर्देशनमा सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको र गाडिले पुरै बाटो छेकेको आरोपमा चक्रे मिलनसहित ४७ गुण्डालाई प्रहरी पक्राउ परेको हो ।  सडक आफ्नै जस्तो गरेर छेकेर हिँड्नु बाटै चक्रे मिलन नसुर्धेको र पुरानै बाटोमा हिड्न थालेको प्रहरीको निष्कर्ष छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *