फाल्गुन १२ गते झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने

सबै समाचार

सिरहा । धनुषा–सिरहा जोड्ने कमला नदीमा बनेको नेपालकै दोस्रो ठूलो झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका छन् । फाल्गुन १२ गते झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् ।

करिब १५ सय मिटर लम्बाइ भएको झोलुङ्गे पुल साढे २५ करोडको लागतमा निर्माण भएको छ । उक्त पुल सिरहा नगरपालिका १३ मल्हनिया र धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठालमा पर्छ । पुल सञ्चालनमा आइसकेको छ । यद्दपी उद्घाटन भएको छैन ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर फाल्गुन १२ गते विहान साढे ११ बजे काठमाडौंबाट सिधा जनकपुरधाम आइपुग्ने बताइएको छ । उनी साढे १२ बजे हुलाकी सडकको निरीक्षण र मध्यान्ह १ बजे झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

सोही दिन दिउँसो १ः३० बजे प्रधानमन्त्री प्रचण्ड कमला नदीमै सिरहाको चिकना घाटमा पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको माओवादीका यूवा नेता अरबिन्द यादवले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड फाल्गुन १२ गते नै सर्लाहीको बागमती नगरपालिका पुगेर खेलकुद मैदानको समुद्घाटन गर्ने कार्यक्रम पनि छ । त्यसपछि उनी काठमाडौं प्रस्थान गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *