११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवश २०८० र्याली तथा सम्मान कार्यक्रम सिरहामा सम्पन्न।

सबै समाचार

“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” राष्ट्रिय मुल नारा साथ ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवश २०८० र्याली तथा सम्मान कार्यक्रम सिरहामा सम्पन्न भयो ।

११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवश २०८० र्याली तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सविधानले अधिकारहरु स्थापित गरेका छन् नितिहरु बनेका छन तर अब नितिकाे हाेईन नियतिकाे लडाइँ लड्नु पर्छ भन्ने बताए । त्यसै गरि र्यालीमा लगाएका नाराहरु अधिकारका थिए,सम्मानताका कुरा थिए विभेद विरोधका थिए, तर याे सबै नाराहरु गाउँका हरेक घर हरेक छाेपडीमा यी नाराहरु हुनु पर्छ भन्ने बताए ।
छाेरा छाेरीमा विभेद नगर्नु, महिला श्रमिकहरु लाई तपाईंहरु अझै व्यपार गर्नु हामी सिरहा नगरपालिका तपाईंहरु काे साथमा छु बताए त्यसै गरि सम्मानित महिला श्रमिकहरु हार्दिक बधाई साथै शुभकामना सिरहा नगरपालिका उपप्रमुख बबिता साहले ब्यक्त गरे ।


महिला श्रमिक अधिकारलाई संरक्षण, प्रवद्र्धन तथा व्यवहारमा लागु गराउनका लागि प्रदेश युवा संजाल मधेस प्रदेशले सधै भरी काम गर्छ भन्ने प्रदेश युवा संजाल मधेस प्रदेशका अध्यक्ष माे• नइम राईनले प्रतिबद्धता जनाए ।
सिरहा नगरपालिका भित्र आफ्नो ब्यापार गरि जिवान चलाईरहेका ५ जना महिला श्रमिकलाई सम्मान गरे । सम्मानित भएका निम्न अनुसारका छन् ।
१) समुन्दरी साह – सिलाई कताई २) पिंकी साह – लहठी चुरी ३)निर्मला ठाकुर – लहठी चुरी ४) जुरनी देबी मुखिया- चना, चटपट्टि, चौमिन, पानी पुरी ५) जागतारिन दास, चना छट्पट्टी
सिरहा नगरपालिकाकाे उपप्रमुख बबिता साह अध्यक्षतामा भए प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल अतिथि सिरहा जिल्ला प्रहरी सन्तोष आचर्य, सशस्त्र प्रहरी सिरहाका स•प्र•उ• शिव प्रसाद गैरै,प्रदेश युवा संजाल मधेस प्रदेश अध्यक्ष माे• नइम राईन ,महिला अधिकारकर्मी रेणु कर्ण,जिल्ला समन्वय समितिकी सदस्य गिता पासवान लगयत विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरु थियौ ।
११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवश २०८० र्याली तथा सम्मान कार्यक्रम सिरहा नगरपालिका(महिला विकास) र जि•प्रहरी सिरहा(महिला सेल) काे संयुक्त आयाेजना प्रदेश युवा संजाल मधेश प्रदेश, इन्सेक, सामुदायिक सेवा केन्द्र, ओरेक नेपाल तथा विभिन्न संघ संस्थाकाे सहकार्य थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *