सप्तरी| “समृद्ध नेपालका लागी स्वास्थ्य , कर्मठ र उद्यमी युवा ” भन्ने नाराका साथ युवामैत्री खडक नगरपालिका निर्माणको लागि दश बुदै घोषना पत्र जारि गर्दै शुक्रबार सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद सानोठिमीको सम्नवय तथा खडक नगरपालिकाको आयोजनमा खडक नगरपालिकाकाे सभाहलमा नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको हो ।
सो क्रममा खडक नगरपालिकाका नवगठित नगर स्तरीय युवासंजालले युवामैत्री नगरपालिका निर्माणको लागी नगर स्तरीय युवा सम्मेलन मा अघिसारेका १०बुँदे योजनाहरु यसप्रकाररहेकाछन ।
१) खडक नगरपालिकाका १६ बर्ष देखि ४०बर्ष सम्मका युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्य लागी खडक नगरपालिका स्तरिय युवा परिषद गठन गर्ने,
२)खडक नगरपालिका स्थित सडकका अनाथ एवं असहाय बालबालिका हरुका सुरक्षा, हकहित संरक्षण र भबिस्य सुनिस्चित गर्न नगर स्तरीय बाल गृह स्थापना गर्नु पर्ने ,
३) खडक नगरपालिकाका युवाहरुलाई उद्यमी बनाउन युवाहरु स्वमसेवा गर्न प्रतिबद्द रहेको हुदा नगर स्तरीय व्यवसाय उद्योगहरु खोलिनु पर्ने ,
४) युवा मैत्री नगरापालिका बनाउन आवस्यक सूचांकहरु पुरा गरी आ.व २०८०/०८१भित्र नगरपालिका लाइ युवा मैत्री घोषणा गरिनु पर्ने ,
५) नगरपालिकामा खेलकुद र मनोरंजन क्षेत्रलाइ व्यवस्थित र थप प्रभावकारी बनाउन खेलमैत्री वातावरण, खेलमैदान , खेलकुद सामाग्री र अनुभवी प्रशिक्षकको जगेर्ना गरिनु पर्ने ,
६)खडक नगरपालिकाका युवा बिद्यार्थीहरुलाइ आवस्याक्ता र प्राथमिकता अनुसार प्रशासनिक निकाय , निजामती सएवा र सरकारी कार्यालय व्यस्थापन तर्फ आकर्षित पार्न निशुल्क लोक सेवा कक्षाको व्यवस्था गरिनु पर्ने ,
७)खडक नगरपालिकाका स्थायी किसानहरुलाइ प्राथमिकताका अनुसार मलखाद, बिउ–बिजन, कृषी सामाग्रीको उचित समयमा व्यस्थापन गर्दै आवस्यकता अनुसार सिचाईको व्यबस्था गरिनु पर्ने ,
८)खडक नगरपालिकाको मा.वी स्तरको शिक्षालाइ गुणस्तरीय , व्यावसायिक एवं उद्यमशिलता मुलक बनाइनु पर्ने ,
९)खडक नगरपालिकामा बिधालयहरु अबस्थित रहेको ५०० मिटर भित्रमा कुनै पनि किसिमको सुर्तीजन्य पदार्थ , मादक पदार्थ लागू औषध किनमेल गर्न पाइने छैन।
१० ) खडकनगरपालिकाका धुम्रपान एवं लागु औसध दुर्व्यासानीमा फसेका युवाहरुका लागी सुधारकेन्द्रको स्थापना गरिनु पर्ने रहेका छन ।
नगर युवा संजालका अध्यक्ष प्रहलाद चौधरीले नगर प्रमुख जयप्रकस चौधरीलाई घोषणा पत्र हस्तान्तरण गरेका थिए ।
नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथियमा सम्पन्न भएको कार्यक्रममा उनले भन्ने यस्ता कार्यक्रम लाई निरन्तर दिने साथै आग्मी वर्ष देखि पालिकाकै स्रोतमा यस्तै कार्यक्रम गर्नेछु बताए । समाजिक मेलमिलापले समाजको निर्माण हुने गरेकोले समाजिक सदभाव कायम राख्नुपर्दछ भन्ने युवाहरू लाई आग्रह गरियाे । समाजमा एकताबद भएर जानुपर्ने बताउदै गरिब ,दलित र पिछडिएका वर्गलाई सहयोग दिलाउन आफु प्रतिवद्ध रहेको जनाए । जोस जागरका साथ जिम्मेवार बहन गरि समाजलाई परिर्वतन गर्न युवाहरु पनि लाग्नुपर्ने बताए ।
सोही कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र श्रेष्ठले १६ बर्षदे खि ४० बर्ष सम्म युवा वर्ग हामी हुने भएकाले देश निर्माण योग्दान दिनुपर्नेमा जोड दिए । विदेश जाने युवा वर्गलाई जोगाएर राख्नुपर्ने बताउदै युवा रोजगारको ब्यवस्था हुनुपर्ने उनले बताए । प्रदेश युवा संजाल मधेस प्रदेशका अध्यक्ष माे• नइम राईनले भन्ने नेपालमा ४०%प्रतिशत भन्दा बदि युवाहरु छन् तर दिनदिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाहरुकाे लाईन हर्दा दुःख लाग्छ बताए, युवाहरू लाई स्वदेशमै राेजगारी गर्न आग्रह गरे ।
खडक नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको नगर युवा सम्मेलनमा बिभिन्न विषयमा प्यानल छलफल पनि युवाहरुले गरियाे ।प्यानल छलफलका विषयहरु यशप्रकार छन् :
(१)मेयर संग युवा
(२) प्रदेश युवा संजाल संग नगर युवा संजाल
(३) पत्रकार संग युवा
साथै विभिन्न वडाक्लबका युवाहरुले स्थानीय खाने कुराको परिकार प्रदर्शनी गरिएको थियो । सो प्रदर्शनीमा प्रथम :-खडक नगरपालिका वडा न ५ ,दोस्रो खडक न. पा ९, तेस्रो :– खडक न. पा ७ भएको थियो । प्रथम , दोस्रो , तेस्रो प्रतियोगिलाई शैक्षिक सामाग्री नगर प्रमुख चौधरीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा खडक नगरपालिकाका १६ बर्षदेखि २४ बर्ष मुनीका युवाहरुको सहभागिता रहेका छन । उक्त कार्यक्रममा खडक नगरपालिका वडा न. १ देखि ११ वडाका १५० जना युवाहरुले उक्त सम्मेलनमा सहभागी रहेका थिए ।
प्रदेश युवा संजालका इन्चार्ज श्याम साह,मधेस प्रदेश युवा संजालको अध्यक्ष मो.नइम राईन –सहजकर्ता भने रुपेश कुशवाह, प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी , सबल नेपालका परियोजना संयोजक रोशन कुमार मण्डल,परमेश्वर झा,कृष्णा जिसी, सबल नेपालका कार्यक्रम सुपरभाइजर अशोक कुमार साह , अमर यदब , बर्दान श्रेष्ठ र राससका पत्रकार अरुण यादव लगायत सहभागिता रहेका थिए । यसअघि पत्रकार संग युवा बिषयमा मधेस प्रदेश युवा संजालको अध्यक्ष मो.नइम र राष्ट्रिय समाचार समिति(रासस)का जिल्ला समाचारदाता अरुण कुमार यादव संग पत्रकारिता सम्बन्धी बिभिन्न बिषयमा युवा वर्ग र कार्यक्रममा उपसिथत अतिथिहरु संग छलफल गरिएको थियो । विभिन्न प्यानल छलफल युवाहरुबाट उठेका प्रशनको जवाफ वक्ताहरुले दिए ।उक्त सम्मेलनमा युवाहरुले नृत्य प्रस्तुति गरेका थिए ।