रारा गोल्डकपको उपाधि सलहेश युथ क्लबलाई

खेलकुद सबै समाचार

धनकुटाको राजारानीमा सम्पन्न ११औं रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सिरहाको सलहेश युथ क्लबले हात पारेको छ।

चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको मैदानमा बिहीबार भएको फाइनल खेलमा आयोजक रारा क्लब राजारानीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सलहेशले उपाधि जितेको हो।

खेलको २५औं मिनेटमा रारा फुटलब क्लबका प्रदिप भण्डारीले टीमलाई अग्रता दिलाएका थिए। तर ५५औं मिनेटमा सलहेशका फागुराम थारुले गोल गर्दै खेल बराबरीमा पु¥याए। खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो।

टाइबे्रकरमा सलहेशका जय गुरुङ, आदित्य शाक्य, कुलदीप कार्की र फागुराम थारुले गोल गरे। आयोजक राराको तर्फबाट ताया र शिशिर लेखीले मात्र गोल गरे। राराका विशाल घलान तामाङ र राम वाजीको प्रहार सलहेशका गोलकिपर युनिश चौधरीले रोकिदिए।

फाइनल खेलको म्यान अफ दी म्याच सलहेशका फागुराम थारु घोषित भए। उनले नगद ७ हजार पाए । साविक विजेतासमेत रहेको सलहेशले उपाधिसहित नगद ५ लाख प्राप्त गरेको छ। उपविजेता राराले २ लाख ५० हजारमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रारा फुटबल क्लबका राम वाजी घोषित भए। उनले नगद ५० हजार र ट्रफी हात पारे। वेष्ट गोलकिपर सलहेशका युनिश चौधरी र उदयमान खेलाडी राराका विशाल लिम्बू घोषित भए। उनीहरुले ट्रफिसहित जनही ११ हजार प्राप्त गरे।

जेठ ११ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टीमको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *