सिरहामा तरुण दलको अराजनीतिक गतिविधि, कांग्रेस नेता भन्छन् – अरविन्द मण्डल सभापति होइनन्

सबै समाचार

सिरहामा तरुण दलको अराजनीतिक गतिविधि, कांग्रेस नेता भन्छन् – अरविन्द मण्डल सभापति होइनन्

सिरहा पुस २१ गते । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिरहाले जिल्लामा अराजनीतिक गतिविधि गरिरहेको देखिएको छ । संगठनको आडमा यसले पछिल्लो समय विवादित गतिविधि गरिरहेको पाइएको हो ।

राजनीतिक संगठनले सुशासन र विधिको शासनको वकालत गर्नुपर्ने हो । तर, जिल्लाको संस्थापन पक्षका कांग्रेस नेता कुनै गलत काममा मुछिए, कांग्रेस निकट कार्यकर्ता कुनै गलत काम गरे तरुण दलले त्यसको विरोधमा कुनै न कुनै गतिविधि गरिरहन्छ ।

यो प्रवृत्ति फस्टाएको खासमा तबदेखि हो, जबदेखि अरविन्द मण्डल आफू सभापति भन्दै तरुण दलको एउटा समूह हाँक्न थाले । तरुण दलको मण्डलको समूहले गत शुक्रबार फेरि जिल्ला कारागार सिरहामा कांग्रेस निकट चौकिदार कैलाश ठाकुरको नेतृत्वमा भएको कैदीबन्दी कुटपिट घटनाको बचाउमा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र बुझायो ।

यो घटनामा संलग्नलाई कारवाहीको माग गर्नुपर्नेमा संरक्षण गरेको भन्दै कांग्रेसकै नेताले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति एवं क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्यका प्रत्यासी संजय कुमार सिंहले कारागारको घटना निन्दनीय भएको र त्यसको संरक्षण गर्नु झन् आपत्तिजनक विषय भएको बताए ।

तरुण दलको सिरहाको आधिकारिक सभापति अरविन्द मण्डल नभई शरद राजा शाही भएको पनि उनले बताएका छन् । संगठनको दुरुपयोग भइरहेको भन्दै आफूहरूको ध्यानाकर्षण भएको र यस घटनाको विषयमा बुझ्न भोलि आइतबार छलफल पनि बोलाइएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *