सिरहा। मिर्चैया सरकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएको आफन्तको भनाइ छ ।
परिवारजनले ब्यथा भएपछि बुधबार साँझ उनलाई अस्पताल लगेका थिए । अस्पताल लगिएपछि बिहीबार बिहान ५:४५ बजे सुत्केरी पनि भयो । अल्काले छोराको जन्म दिएकी छिन् ।तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो ।
अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको भनाई छ ।अन्तिम अवस्थामा भएपछि बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अल्काका श्रीमान्ले जनाएका छन् ।
चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका बनेका थिए । घटनामा संलग्नहरूलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनको छ ।
यता,घाटना बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय मिर्चैया डिएसपी जितेन्द्र बस्नेतले जान्कारी दिए ।उनले,भने परिवारजनहरुले शव लाई घर लगेर ज्लाउने प्रकृयामा रहेको जनाए ।