घुमुवा प्रहरीकै सेटिङमा तस्करीको ‘ट्रान्जिट’ बन्यो बेल्ही र भगवानपुर

सबै समाचार

सप्तरी । नेपाल प्रहरीका घुमुवाको मिलेमतोमा बेल्ही र भगवानपुर तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लाका सानाठूला सबै किसिमका नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाइ भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् ।

तस्करहरुसँग असुलीका लागि अस्थाई प्रहरी चाैकी भगवानपुरले, घुमुवा संताेष कुमार साह लाई राखेको छ। त्यसतै ,अस्थाई प्रहरी चाैकी बेल्हीका घुमुवा ले तस्करहरू संग असुली गरिरहेका छन् ।

कानूनतः घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, भगवानपुर नेपाल प्रहरीले सूचना संकलनका नाममा घुमुवा प्रहरी परिचालन गरी असुली गर्दै आएका छन् । नेपाल प्रहरीका घुमुवाले यौनधन्दा चलाउने होटलदेखि तस्करहरुसँग असुली गर्छन्। भारतबाट बेल्ही हुदै भगवानपुर नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ती हो ।

यस्तै, मोटर पार्टस्, ब्याट्री, खसीबोका, भैंसी, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ । सीमा क्षेत्रमा तस्करहरुले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान भैरहवा, बुटवलका बजारमा मात्रै होइन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *