लोक सेवा आयोग परीक्षा थप प्रतिस्पर्धी: ४५ नम्बर ल्याउनै पर्ने

सबै समाचार

लोक सेवा आयोगले चालु आर्थिक वर्ष २०८१/८२ देखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षालाई थप कडाइ गर्ने भएको छ ।

प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषय फरक फरक भएकाले प्रथम पत्रमा परीक्षार्थीले पाएको अङ्क मूल परीक्षाको अङ्कमा जोड्नु सान्दर्भिक नहुने भएको भन्दै आयोगले परीक्षालाई थप कडाइ गर्ने भएको हो । आयोगले हिजो मात्रै सार्वजनिक गरेको पाठ्यक्रममा उक्त व्यवस्था गरिएको जनाएको छ ।

यसअघिसम्म शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा उत्तीर्ण हुन ४० अङ्क ल्याएमा परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था थियो , भने अबदेखि प्रथम पत्रमा उत्तीर्ण हुन ४५ अङ्क ल्याउनुपर्ने व्यवस्था आयोगले गरेको छ ।

पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्ताङ्कको ५० प्रतिशत अङ्क दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि आयोगले चालु आवदेखि नै लागु नहुने गरी पाठ्यक्रम परिमार्जन गरेको हो ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाका रूपमा मात्र लिई प्राप्ताङ्कलाई मूल परीक्षाको अङ्कमा समावेश नगर्ने व्यवस्था गरिएको लोक सेवा आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *