चिसो बढेपछि गोलबजार नगरपालिकाले गरे दाउरा बितरण

सबै समाचार

सिरहा,२६ पुष : तराइ मधेशमा केही दिनदेखी एकाएक अत्याधिक चिसो बढन थालेपछी सिराहा लगायत मधेश प्रदेशका जनजिवन प्रभावित बनेको छ ।

जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि गाेलबजार नगरपालिकाले सर्वधारणका लागि सार्वजनिक स्थलहरुमा आज बिहिवार दाउरा वितरण गरेको हो ।गोलबजार नगरभरिमा दाउरा वितरण गरेपछि स्थानीयले राहत महसुस गरेका छन् ।

नगरपालिकाले बस विसौनी,मानिसको चहलपल र बढी भिडभाड हुने स्थानहरुमा दाउरा वितरणगरी आगो बालेको प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जानकारी दिए । अधिकृत केसिले भने,नगरभित्र रहेको गोलबजार, चोहर्वा बस विसौनी र मानिसको आवतजावत बढी भिडभाड हुने स्थानहरुमा दाउरा बालेको जनाए ।यता,नगरप्रमुख श्रेष्ठले चिसो अत्याधिक भएकोले कामविशेषले बजारसम्म आउने सर्वसाधारण तथा यात्रीहरुको लागि आगोको व्यवस्था गरिएको बताए ।आव्स्यक्ता अनुसार अझै वितरण गरिने प्रमुख श्रेष्ठले बताए ।

विगत एकसातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले मौसम अत्यधिक चिसो बनेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशुबढी प्रभावित भएको छ ।जाडो बढेसँगै दैवि प्रकोप उद्धारसमिति सिरहाले जिल्लाका सवै नगरपालीका तथा गाविसहरुलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्वल वितरण गर्न पनि पत्र जारी गरिसकेको दैवि प्रकोप उद्धार समितिका सदस्य सचीव तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेस कुमार यादवले जानकारी दिए ।

आजपनि जाडो धेरै भएकोले अव यस्तै अवस्था रहे सवै स्थानीयनियकालाई पत्राचार गरेको भएपनि अहिलेसम्म गाेलबजार नगरपालिकाले मात्र दाउरा वितरण गरेको बाकी रकेको पालिका हरुलाइ दाउरा तथा न्यानो कपडा वितरण गर्न पुन्ह पत्र पठाएको बताएका छन ।

साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जोडोको समयमा धेरैवेर सम्म निस्किनु पर्नेमा न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सुचना सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *