सिरहा,३ माघ। सिरहाको गोलबजार नगरपालिका वडा न-८ चोहर्वामा लाग्दै आएको गुदरी बजार सार्ने कुरो झुठो रहेको पुर्व-कानुन मन्त्री तथा प्रतिनिधि सभा सद्स्य लिलानाथ श्रेष्ठले बताएका छ्न ।
पुर्व-कानुन मन्त्री श्रेष्ठले बजार सार्ने विषय आफू लाई थानभएको जनाए । आज चोहर्वा बजार समितीले आयोजना गरिएको गुदरी बजार सम्बन्धी अन्त्रक्रिया कार्यक्रममा पुर्व-कानुन मन्त्री श्रेष्ठले आफू सिरहाको भन्दा पनि गोलबजारका बासिन्दा भएको हुनाले जन्तालाई सुबिधा र सहजहोस भन्ने उदशयले बाटो निर्माणको लागि बजेट ल्याएको बताए ।
श्रेष्ठले भने,बाटो बनाउनु एउटा राम्रो कार्य हो ।कुन ठाउ बाट बाटो लैजादा उचित होला भन्ने कुरोमा स्थानिय जन्ता,व्यापारी लगायत पालिकाका नगर प्रमुख बसेर छलफल गर्नु पर्ने जनाए ।श्रेष्ठले भने,पार्टी आफ्नो ठाउमा छ ,बिकासमा सम्पुर्ण जन्ता, ब्यपारी जन्प्रतिनिधीहरु एक्जुट भएर बिकास गर्नु पर्ने बताए ।
सिरहाको गोलबजार नगरपालिका वडा न-१० को सिमा पर्ने देखि सिरहाको नरैहैया सम्म २५ करोडको सडक रणनिती योजना तीन वर्षको लागि ठेक्का लागिसकेको पुर्व-कानुन मन्त्री लिलानाथ श्रेष्ठले बताए । पुर्व-कानुन मन्त्री श्रेष्ठले भने,केप शर्मा ओलिकै पालामा १६५ जना सान्सदले निर्णय गरेको योजना रहेको जनाए ।यता,गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले बिचबजार बाट बाटो जाने र गुदरी बजार सार्ने भने कुरो आफुले सोचेको पनि छैन ।
गुदरी बजार कुनै पनि हाल्तमा नसर्ने नगर प्रमुख श्रेष्ठले बताए। बिच बजार बाटै बाटो निर्माण हुने कुरो फैलाउने पत्रकार लाई नगर प्रमुखले मन्चबाटै सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न सुझाब समेत दिए ।यस्ता झुठो कुरो पछि नलाग्न नगरबासी लाई आग्रह गरे ।
नगर प्रमुख श्रेष्ठले,आफ्नो विरुद्धमा केही ब्यक्तिहरुले संजालनै निर्माण गरेर नहुने कुरोहरु पनि पत्रकार लाइ बोलाएर झुठो कुरोहरु लेख्न लगाएको बताए । श्रेष्ठले भने,जग्गा खरिद गर्ने विषयमा नहुने कुरोहरु पनि बढाइ-चदाइ गरि लेखाएको जनाए ।जग्गा खरिद गर्ने कुरो छ तर कतिमा लिने नलिने भन्ने कुरोमा अहिले सम्म केही निर्णय नभएको श्रेष्ठले जनाए ।
नगर प्रमुख श्याम कुमार श्रेष्ठले भने,जग्गा खरिद गर्ने कुरोमा बैंक,मालपोत तथा स्थानिय लाइ मुल्यांकन गर्नका लागि पत्र समेत काटिसकेको बताए। त्यसपछि सिरहाका प्रमुख जिल्ला अधिकारीको संयोजक्तामा मुल्यांकन समिती गठन हुने र वहाहरुले निर्णय गरेर दिएपछी मात्र जग्गा खरिद गरिने जनाए ।
नगरपालिकाले १ करोड ३०लाख बजेट मात्र जग्गा खरिदका लागि छुटयाएको छ ,कसरी २ करोड ५० लाख भ्रस्टाचार भयो । यस्तो कुरोहरुको पछि नलाग्न सम्पुर्ण नगरबासी लाई आग्रह समेत नगर प्रमुख श्रेष्ठले गरे ।चोहर्वा गुदरी बजार सम्बन्धी अन्त्रक्रिया कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता,व्यापारी,स्थानियबासीरुले बजार ब्यव्स्थापन र बजार सार्ने,बाटो निर्माण सम्बन्धी लागेको जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा प्रदेश सभा सद्स्य मनोज कुमार सिंह ,नेकपा माऔबादी पार्टीका प्रदेश कमिटि सद्स्य रामचन्द्र महतो ,उध्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष बिजय साह,इटा उध्योग व्यसाय संघ सिरहाका अध्यक्ष कृष्ण सिंह ,वडाका वडा अध्यक्ष,पुर्व वडा अध्यक्ष तथा ब्यापारी,स्थानियबासिहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम नेकपा माऔबादी पार्टीका नगर अध्यक्ष जीवन यादबले सन्चालन गरेका थिए ।