सिराहामा लागूऔषध सेवनकर्ता देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरे

सबै समाचार

सिराहा। सिराहामा लागूऔषध सेवनकर्ता देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् ।

सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवाकी ३२ वर्षीया तञ्जिला खातुनको हत्या भएको हो ।२५ वर्षीय मो. जियाउल राइनले जेठी भाउजू तञ्जिलामाथि सोमबार बिहान १० बजेतिर घरको आँगनमा बञ्चरो प्रहार गरेका थिए ।

स्थानीयका अनुसार हातेकलबाट पानी थापेर जाँदै गर्दा पछाडिबाट देवरले बन्चरो प्रहार गर गरेका थिए । गम्भीर घाइते तञ्जिलालाई त्काल छिमेकीहरूले उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

स्थानीयका अनुसार लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले सुरुमा भाइ अताबुल र बुहारीलाई आक्रमण गर्न खोजेका थिए । उनीहरू भागेपछि कलबाट पानी लिएर जाँदै गरेकी जेठी भाउजूलाई बन्चरो प्रहार गरी गम्भीर भागेका थिए ।

बञ्चरो प्रहार गरी हत्या गर्ने जियाउललाई प्रहरीले पक्राउ गरेको छ ।मृतक तञ्जिलाकी श्रीमान् सलिम राइन वैदेशिक रोजगारीको क्रममा पछिल्लो करिब आठ वर्षदेखि कुवेतमा रहेका छन् ।

तञ्जिलाले सात वर्षका छोरा र पाँच वर्षीया छोरीको साथमा घर–व्यवहार चलाउँदै आएकी थिइन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *