स्वमूल्यांकनमा अर्नमा गाउँपालिका सर्वाेत्कृष्ट

सबै समाचार

बद्री नारायण यादव

सिराहा माघ। आर्थिक वर्ष २०७९÷०८० का लागि स्थानीय तहको कार्य सम्पादनमा सिरहाको अर्नमा गाउँपालिका सर्वोत्कृष्ट भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत स्वमूल्यांकन प्रणाली (लिजा) मा १०० पूर्णङ्क मध्ये ९५.५ अंक ल्याएर सर्वाेत्कृष्ट स्थान हाँसिल गरेको छ भने औरही गाउँपालिकाले ९३.५ अंक प्राप्त गरेर दोश्रो भएको हो ।

नगरपालिकाहरु मध्ये मिर्चैयाले ८८.७५, गोलबजार ५६.७५, सिरहा ८३.७५ , धनगढीमाई ८१.५, लहान ६१ र कल्याणपुरले ५३.७५ अंक प्राप्त गरेको छ । सुखीपुर र कर्जन्हाको अवस्था प्रकाशित भएको छैन । गाउँपालिकाहरुमा सखुवानन्कारकट्टी ८१.५, नरहा ५६.७५ र विष्णुपुरले ५४.५ अंक प्राप्त गरेका छन् ।

बरियारपट्टी र लक्ष्मीपुर पतारीको कार्य सम्पादन मूल्यांकनको नतिजा प्रकाशित हुन बाँकी छ ।लिजा मूल्यांकनको आधारमा बजेट थप हुने प्रणाली भएको कारण अर्नमा, औरही, मिर्चैया र सिरहाले अधिक बजेट पाउने छन् ।

गोलबजार, कल्याणपुर , भगवानपुर, नवराजपुर र नरहाको बजेट कटौति हुन सक्ने श्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *