बद्री नारायण यादव
सिरहा । लुकीछिपी ल्याइरहेको आरोपमा अवैध भनिएको कुखुरा सिरहा नगरपालिका–८ बाट प्रहरीको नियन्त्रणमा परेको छ ।
प्रहरी नियन्त्रणमा परेको ३२ किलो कुखुरा माडरस्थित रहेको क्वाइरेन्टाइन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक रविन्द्रराज पाण्डेले बताए । मोटरसाइकल र मान्छेबारे भने उनले केही कुरा गरेन् । उनका अनुसार कुखुरा सम्बन्धमा थप अनुसन्धान जारी छ ।
कुखुरा बोकेको मोटरसाइकल सिरहा बजारको सहजबाटो छोडेर बाइपास बाटो प्रयोग गर्दा कुखुरा अबैध रहेको भनेर शंका लागेपछि प्रहरीको सहयोगमा सो कुखुरा नियन्त्रण गएको स्थानीयहरुले बताए ।
माडरबाट रामजानकी चौक लौवा पोखरीका लागि सिरहा बजारको पूर्वी छेउ भएर अन्य सहज बाटो हुँदा हुँदै प्रहरी बिटलाई छल्ने गरी बसपिट्टा हुँदै महिसोथा गाउँ प्रवेश गरेर टावर जाने सडक प्रयोग गर्दा अवैध कुखुरा रहेको शंका लागेको स्थानीयहरुले बताए ।
नुर पोल्ट्री फर्म एण्ड सप्लायर्स माडरको बिल उल्लेख भए अनुसार ३२ किलो कुखुरा सिरहा नगरपालिका–२२ मा रहेको रामजानकी चौक जानुपर्ने थियो । नुर पोल्ट्री फर्म भारतीय बजार देखि करिब २ किलोमिटर उत्तरमा पर्दछ ।
‘लुकी–छिपी अवैध कुखुरा ल्याइरहदा गएको दुई दिन अघि मात्र ट्रक रोकाएका थियौं,’सिरहाली कुखुरा व्यावसाय संघका अध्यक्ष इन्द्रदेव दासले भने,‘प्रहरी आउदै गर्दा रोकाएको ट्रक तस्करहरुले बल प्रयोग गरेर भगाए ।’ उनका अनुसार नेपाली कुखुरा व्यावसायलाई समस्यामा पार्ने गरी भारतीय बजारमा उत्पादित कुखुरा तस्करहरुले नेपाल ल्याउने गरेका छन् ।
विषेश गरी माडर नाका भएर भारतीय बजारबाट अबैध कुखुरा नेपाल आउने गरेको उनले आरोप लगाए । उनका अनुसार माडरसँगै सिकाज्योती, सन्हैठा, इटाटार, औरही, बरियारपट्टी, झाझपट्टी, घोरमोहना, बरहरी,भगवानपुर ढाडी लगायत अन्य चोर बाटो भएर अवैध कुखुरा तस्करहरुले नेपाल ल्याउने गरेका छन् । अवैध कुखुरा तस्करीलाई नियन्त्रण गर्न प्रहरी असफल जस्तै भएको उनले दाबी गरेका छन् ।
नुर पोल्ट्री फर्म जस्ता भारतीय बजारसँग टासिएका अन्य पोल्ट्री फर्महरुले विभिन्न वहानामा भारतीय बजारबाट अबैध कुखुरा नेपाल छिराइरहेको हुँदा त्यसमा कडाई गरिनुपर्र्ने नेपाली कुखुरा व्यावसायहरुले माग गरेका छन् । भारतीय बजारसँग टाँसिएका नेपाली कुखुरा उत्पादकमाथि निगरानी राख्न र समय समयमा अनुगमन समेत गर्न सम्बन्धित निकायसँग उनीहरुले माग समेत गरेका छन् ।
‘गएको एक हप्ता अगाडि नुर पोल्ट्री फर्मलाई अवलोकन गर्दा चल्ला मात्र हालेको देखियो । चल्लाबाट कुखुरा हुन ३५ देखि ४० दिन लाग्छ तर हप्ता दिनमै कुखुरा कहाँबाट आयो ?’सिरहाली कुखुरा व्यावसाय संघका सचिव जीवछ यादव भन्छन्,‘नेपाली कुखुरा उत्पादकलाई समस्यामा पार्ने गरी विभिन्न समयमा नुर पोल्ट्री फर्मले यसरी नै अवैध कुखुरा नेपाल ल्याउने गरेका हुन्छन् ।’
नेपाली कुखुरा व्यावसायको समस्या र आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर अवैध कुखुरा तस्करीलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले प्रभावकारी कदम चाल्नुपर्ने सिरहाली कुखुरा व्यावसायका सचिव जीवछले बताएका छन् । अबैध रुपमा कुखुरा नेपाल आउदा नेपाली उपभोक्ता र नेपाल सरकारलाई समेत घाटा हुने गरेको उनले तर्क गरेका छन् । अबैध कुखुरा नियन्त्रण र नेपाली उपभोक्ताको स्वास्थ्य सुरक्षालाई सघाउ पु¥याउन पहल कदमी लिन कुखुरा व्यावसायहरुले प्रमुख जिल्ला अधिकारी समक्षा डेलिकेशन समेत गएको थियो ।
सप्लायर्स भएको हुनाले अन्य फर्महरुबाट खरिद गरी ल्याएको कुखुरा बिक्री गरिएको नुर पोल्ट्री पर्मका संचालक जियाउल रहमानले बताए । भारतीय बजारका कुखुरा नरहेको उनले दाबी गरेका छन् ।