कर्जन्हाले मनाएउत्साहजनक अन्तराष्ट्रिय महिला दिवस

सबै समाचार

सिरहा, फागुन । जिल्लाको प्रसिद्ध पर्यटकिय स्थल बाबा तालमा कर्जन्हा नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् ।

‘४५ प्रतिशत बजेट कटौती भएको छ,’कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेलले भने,‘बजेट कटौती भएपनि महिलामैत्री कार्यक्रम बनाउन भरपुर प्रयास गरेका छौं ।’ उनका अनुसार श्रमिक महिलाहरुको समुचित विकासमा सहायता हुने गरी मैनवति, लाहचुरा, बुढा बनाउने तथा अन्य विभिन्न खाले सिप एवम् क्षमता विकासका तालिमको योजना बनेका छन् ।
संचालन हुने हरेक तालिमहरुमा विषेश गरी विपन्न दलित, एकल महिला, आर्थिक रुपले पछि परेका महिलाहरुलाई सहभागी गराइने उनको दाबी छ । श्रमिक वर्गको उत्थान र विकास भए मात्र पालिकाको मानविय विकासको सुचांकमा अभिवृद्धि आउने दाबी गर्दै नगरप्रमुख पोखरेलले भने,‘श्रमिक वर्गको चौतर्फी विकासलाई ध्यानमा राखेर आउने वर्षका योजना तथा कार्यक्रमहरु तय गरिने छन् ।’


महिला हिंसा तथा महिलालाई पछि पार्न कहिँकतै महिलाकै हात र साथ हुने गरेको लाग्दै आएको आरोपलाई चिर्ने गरी रचनात्मक कार्यमा क्रियाशिल भएर लाग्न महिलाहरुलाई कर्जन्हा नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी श्रेष्ठले बताइन् ।
छोरा पाउने आशमा भ्रुण हत्या, छोरालाई राम्रो विद्यालयमा शिक्षा, छोरीको जन्मदर्तामा उमेर बढाउने र आफ्नै छोरी सरह बुहारीलाई व्यवहार नगरेको जस्ता अन्य आरोपहरुलाई चिर्न सकारात्मक अवधारण बनाएर रचनात्मक कार्यमा क्रियाशिलता देखाउन सबैसँग उनले आग्रह गरे ।

व्यक्तिगत कागजातहरुमा उमेर बढाएर अरुलाई ठगी गरेको सोच्नु गलत प्रवृति रहेको बताउदै नगर उपप्रमुख श्रेष्ठले भनिन्,‘त्यस्तो ठगी अरुलाई हैन्, आफैले आफैलाई हो ।’ उनका अनुसार उमेर बढाएर गरिएका बाल विवाह र त्यस पछिको अवस्था धेरै दैनिक भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् । कागजी कुरा ठगी र फर्जी गर्नेलाई कानूनी कारवाही गरिने उनले थपिन् ।

‘बिहेवारी २० वर्ष पारी’ अवधारणलाई अंगालेर अघि बढ्न उनले सबैसँग आग्रह गरिन् । काँचो उमेर गरिएका विवाहले शारिरिक, मानसिक र आर्थिक नोक्सानी निम्त्याउनुका साथै हिंसाजन्य घटनाहरु भएको देखिएकाले त्यस्ता कार्य रोकेर महिलालाई मजबुत बनाउने कार्यमा लाग्न सबैसँग उनले आग्रह गरिन् ।

महिलाहरुले घरको काम नगर्दिने हो भने पुरुषहरुलाई बाहिर काम गर्न समस्या आउन सक्छ त्यसैलाई पुरुष सरह महिलाको कामलाई मूल्यांकन गरिनुपर्छ सबै मिलेर साझा विकासको बाटोमा अघि बढ्नुपर्ने नगर उपप्रमुख श्रेष्ठले सुझाव दिइन् ।
आर्थिक तथा सामाजिक दृष्टिले पछि परेका महिलाहरुको मुहार फेर्ने गरी नीति तथा कार्यक्रमहरु बनाएर अघि बढ्दै आएको दाबी गर्दै उनले हिंसा पिडित महिलाहरुलाई न्यायमा सहज पहुँच पु¥याउन पालिकामा न्यायिक समिति क्रियाशिल छन् साथै हिंसापिडित महिलाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्न जिल्लामा वसिएमसी क्रियाशिल रहेको थपिन् ।


‘हिंसा सहेर बस्नु परेन् । कोँही हिंसामा पर्नु भएको छ भने उजुरी ल्याउनुस हामीले कानून अनुसार न्याय दिलाउने प्रयास गर्छौ,’उनले थप्दै भनिन्,‘कानूनी कारवाहीसँगै हिंसा रोक्न हामीले शिक्षा र संस्कार पनि ध्यान दिनुपर्छ । गुणस्तरीय शिक्षा र सबैलाई सहयोगकारी हुने गरी संस्कार दिनुपर्छ ।’

कार्यक्रममा महिलाहरुको कर्तव्य, अधिकार र न्यायका सवाललाई उठान हुने गरी अमिरकला पासमान, मंजुरा कट्वाल, रिता साह, प्रियंका काफ्ले संदेशमुलक गीत, गजल, कविता प्रस्तुत गरेकी थिइन् भने महिलाहरुले खेलेका परिवर्तनकारी भुमिकालाई दर्शाउदै छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।


नगर उपप्रमुख श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कर्जन्हा नगरपालिका वडा नं.१ का वडाध्यक्ष फनिन्द्र पोखरेल, वडा नं.३ का वडाध्यक्ष प्रकाश कोइराला, अधिकारकर्मी गंगा अधिकारी, स्थानीय अगुवा महिला हिरा महतो, नेपाल राष्टिय फुल कुमारी महतो विद्यालयका प्राचार्य भानुभक्त गौतम, युवा नेता इन्द्रेश राउत, आसमान नेपालकी प्रतिनिधि रंजु यादव लगायतले महिला अधिकारको सवालमा आ–आफ्ना मन्त्वय राखेका थिए । दलित महिला केन्द्र नेपालकी प्रतिनिधि अंजना पूर्वेका अनुसार कार्यक्रममा साझेदारी जनाउदै हाम्रो संस्थाले दश हजार भन्दा बढि सहयोग गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *