मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ दलीय गठबन्धन अदालत जाने

प्रदेश मधेस राजनीति सबै

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धन अदालत जाने भएको छ ।   

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदरको माग गर्दै अदालत जाने निर्णय गरेका हुन् । उनीहरूले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोध जनाउँदै आएका छन् ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले भने, ‘सातै दलका नेताहरू र सांसदहरू बसेर छलफल गरियो । अब अदालत र अन्य कहाँ जाने हो सबै ठाउँमा कानुनी उपचारका लागि सँगै जाने निर्णय गर्‍यौँ, ‘हामी आज बैठक बस्यौं । प्रदेश प्रमुखबाट गैरसंवैधानि काम भएको छ ।’

संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने र तदनुरूप समर्थनसमेत जुटिसकेको अवस्थामा प्रदेश प्रमुखले एमाले दलको नेतालाई होटलमा मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएको भन्दै सात दल आन्दोलित छन् । ७ दलका नेता कार्यकर्ताले मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड, कर्मचारीमाथि हातपात गर्दै यसको विरोध गरिरहेका छन् । त्यस्तै उनीहरूले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तालासमेत लगाएका छन् ।

प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले सोमबार राति यादवलाई बर्दिवासको पानस होटलमा शपथ खुवाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *