यान द्वारा देशका विभिन्न ठाउँमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न

सबै समाचार

युथ एसोसिएसन अफ नेपाल – यानले दिलिप महतोको चौथो पुण्यतिथिको दिन देशका विभिन्न ठाउँमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न गरेका छन।

मधेस प्रदेशको राजधानी जनकपुरधाम, महोत्तरीको बर्दिबास, महोत्तरीको गौशाला लगायतका स्थानहरुमा यानले कार्यक्रमको आयोजना गरेको थियो।

२०७६ साल पुस २५ गते को दिन ओम प्रकाश महतो दिलिप लाई अबैध खोला उत्खनन रोक्न गएको बेला टिपरले किचेर हत्या गरिएको थियो। महतोलाई पहिलो पर्यावरण सहिद घोषणा गर्न विगत चार वर्ष देखि यान निरन्तर आवाज उठाउदै आएका छन।

यान केन्द्रिय सदस्य सुरज चौधरीको नेतृत्वमा महोत्तरीको गौशालामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा दर्जनौं युवाहरुको उपस्थिति रहेको थियो। युवाहरूले दिलिपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्न माग गरेका छन।

त्यस्तै यान सदस्य गंगा साह र जमुना साहको नेतृत्वमा र जनसहयोगी युवा संजाल सँगको सहकार्यमा महोत्तरीको बर्दिबासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा युवाहरुले दिलिपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्न विभिन्न नाराहरु लगाएका थिए। यानका अध्यक्ष राहुल राज यादवले बताएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *