नमुना युवा संसद खडका नगरपालिकाको नगर प्रमुखमा निरज र उपप्रमुखमा मंजुल निर्वाचित

सबै समाचार

सप्तरी जिल्लाको खडक नगरपालिकाले संचालन गरेको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत नमुना खडक नगरपालिकाको नगर प्रमुखमा निरज कुमार साह र उपप्रमुखमा मंजुला कुमारी साह निर्वाचीत भएका छन।
खडक नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा पदका लागि भएको निर्वाचनमा नगर प्रमुख पदमा भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी रक्की राज चौधरीलाई ९ मतको अन्तरले पराजित गर्दै निरज कुमार साह विजयी भएका हुन।

आज भएको निर्वाचनमा निरज कुमार साहले १८ मत पाएका छन। नगर प्रमुखमा साह सहित ५ जनाले प्रतिस्पर्धा गरेका थिए । उनका प्रतिस्पर्धी रक्की राज चौधरीले ९ मत पाएका छन । त्यस्तै राजदेव कुमार पासवानले ३, मनिष कुमार साहले २ र दिपेन्द्र कुमार भगतले ३ मत पाए ।

तेस्तै निर्वाचनमा नगर उपप्रमुख पदमा भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी निशा कुमारी साहलाई २० मतको अन्तरले पराजित गर्दै मन्जुला कुमारी साह विजयी भएका हुन।
जम्मा ३३ मत खसेको थियो भने १ मत बदर भएको निर्वाचन समितिका संयोजक अशोक कुमार साहले जानकारी दिएका छन् ।

निरज कुमार साह र उपप्रमुखमा मंजुला कुमारी साह,लेखा समितिको संयोजक गुलशन प्रविन र बिधान समितिको संयोजक अब्दुल मेहर्बन सहित ३२ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।
कार्यक्रममा निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुलाई निर्वाचन समितिका संयोजकले भोली पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन् ।
निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुलाइ नगरपालिकाका नगर प्रमुख जयप्रकास चौधरीले धन्यवाद तथा बधाई ज्ञापन गरे ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद सानोठिमी,भक्तपुर सहयोग तथा समन्वय र खडक नगरपालिका नगर कार्यपालिकाको कार्यालय कल्याणपुरको आयोजना गरिएको हो । तालिममा ११ वटा वडाका ३३ जना युवाहरुको सहभागीता रहेको हो ।

माघ २६ गते देखि २९ गते सम्म खडक नगरपालिकाको सभाहलमा मा सञ्चालन हुने नमुना युवा संसद अभ्यास कार्यक्रमको सहजीकरण प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष तथा प्रशिक्षक मो.नइम राईन र इन्चार्ज तथा प्रशिक्षक श्याम शाहले गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *