मधेसका डीआईजीको खातामा अस्वाभाविक रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
सिरहा – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको रएकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेकोखुलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियानचलिरहेको बताएका थिए । उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजीफस्न लागेको बताएपछि यो विषयले संगठनभित्र हल्लीखल्ली नै मच्चियो । स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी हुन्– मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल । उनको बैंक खातामाअस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च स्रोतले खबरहबलाई बतायो । डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार रअनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविनसमितिले हेडक्वार्टरमा झिकाएको छ । एक बिचौलिया पक्राउ डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ ।पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ । लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानकालागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतले बतायो । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिकविषयमा बोल्न नमिल्ने जवाफ आयो । १० प्रहरी हेडक्वार्टर तानिए डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी(भोजपुर)का एकजना समेत गरी १० प्रहरीलाई छानविनका लागि हेडक्वार्टर तानेको छ । डीआईजी पोखरेल निकटस्थ मधेसका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ थालेकोहो । छानविनका लागि प्रधान कार्यालय तानिएका प्रहरीको सूची – १. सई चन्द्रप्रसाद यादव– सीमा प्रहरी चौकी दुहबी, धनुषा २. असई उपेन्द्र प्रसाद यादव– प्रहरी चौकी मोहवा, सप्तरी ३. वरिष्ठ हवल्दार निरज कुमार साह– जिप्रका धनुषा ४. हवल्दार बच्चेलाल यादव– जिप्रका बारा ५.हवल्दार बृजेस मुखिया– इप्रका बालाङ्खा, भोजपुर ६. हवल्दार शैलेन्द्रप्रसाद कुर्मी– इप्रका निजगढ ७.सहायक हवल्दार अशोककुमार यादव– प्रहरी चौकी जनकुरधाम ८.सहायक हवल्दार ईश्वर अच्छामी– मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम ९. सहायक हवल्दार मुकुन्द शर्मा– प्रहरी चौकी कपिलेश्वर, धनुषा १० जवान सतेश लाल कायस्थ– जिप्रका धनुषा
पढाइ जारी राख्नुहोस्