आमरण अनसनको समर्थनमा सिरहा बन्द गराउँदै

६ भदौ । कमला पुलका लागि मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको आमरण अनसनलाई समर्थन गर्दै सिरहाबजार बन्द गरिदैछ । आमरण अनसन बसेको तेस्रो दिन बिहीबार सिरहाबासी युवाहरुले बजारसँगै सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द गराउने निर्णयगरेको हो । आमरण अनसनमै बस्न बाध्य बनाएको सरकारले अनसनकारीको स्वास्थ्यमा समस्या आउन थालेपनि चासो नदेखाएको भन्दै सिरहाबासीयुवाहरु सक्रिय भएको स्थानीय ईन्जिनियर मनिष यादवले बताए । दशकौदेखि प्रतिक्षित हुलाकी राजमार्ग पूर्ण रुपले सञ्चालनमा आउन कमला पुल मुख्य बाधक हो । १३ वर्ष लगाएर निर्माण गरिएकोउक्त पुल उद्घाटन हुन तीन दिन बाँकी रहँदा भासिएको थियो । त्यसयता सरकारले पुल पुनर्निर्माण थालेको जस्तो देखिएपनि अहिलेसम्मकाम सम्पन्न हुन सकेको छैन । बारम्बार मौखिक र लिखित ताकेदा गरे पनि सम्बन्धित निकायले सुनुवाई नगरेपछि बाध्य भएर आमरण अनसनमा बस्नु परेको संयोजकईन्जिनियर प्रविण यादवको भनाई छ ।

पढाइ जारी राख्नुहोस्

जनकपुरधाममा अनसनकारीको स्वास्थ्य गम्भीर: नेपाल सरकारको उदासीनताले खतरनाक मोड लिन सक्ने चेतावनी!

कमला पुलको निर्माणको माग गर्दै जनकपुरधाममा जारी आमरण अनसनले खतरनाक मोड लिएको छ। लगातार केही दिनदेखिअनसनमा रहेका १० जना आन्दोलनकारीमध्ये ३ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अनसनकारीले न त खाना न त पानी लिएकाछन्, जसले गर्दा उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि नेपाल सरकारले कुनै ठोस कदम नचालेकोप्रति जनाक्रोश बढ्दै गएको छ। अनसनकारीहरूकोउपचारमा सरकारको उदासीनता देखिँदा, आन्दोलन उग्र रूप लिने संकेत देखिन थालेको छ। यस घटनाले मधेश प्रदेशमा तनावपूर्णअवस्था सिर्जना गर्न सक्ने विश्लेषणकर्ताहरूले चेतावनी दिएका छन्। जनकपुरधाममा आमरण अनसन र सरकारको चुप्पीले राजनीतिक तापक्रम बढेको छ। कमला पुल निर्माणको मागसहितको योआन्दोलनलाई सरकारले बेवास्ता गर्नु, भविष्यमाथिको चुनौती बनेको छ। मधेश प्रदेशभरि फैलँदै गएको यस विरोधको कारण देशव्यापीआन्दोलनको सम्भावना पनि रहेको विश्लेषकहरूले औंल्याएका छन्।

पढाइ जारी राख्नुहोस्

अनसनकारीको समर्थनमा एक्यबद्धताको ओइरो

६ भाद्र । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टा पछि अनसनकारीको समर्थनमा एक्यबद्धताकोओइरो लागेको छ । विभिन्न सामाजिक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै एक्यबद्धता जनाएका छन् ।  सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाई अधिवक्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालयसिरहा मार्फत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह समक्ष एक्यबद्धता पत्र पठाएका छन् । अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न भन्दै सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, समाजवादीईन्जिनियरीङ्ग एसोसिएसन नेपाल (सीन) मधेश प्रदेशका अध्यक्ष ई रोशन कुमार यादव, मात्रृभूमी युवा समाज नेपालका उपाध्यक्ष डा. अविनाश पुर्वे, प्रदेश युवा सञ्जाल मधेश प्रदेशका नइम राईन लगायतले विज्ञप्ती जारी गरेका छन् । हुलाकी रामजमार्गमा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रम अनुसार हुलाकी राजमार्ग कमला पुल संघर्षसमिति सिरहा धनुषाका संयोजक ई प्रविण यादव, सिरहा नगरपालिका वडा नं.४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव, औरही गाउँपालिका वडा नंं.३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्रसाह, सिरहा नगरपालिका वडा नं.८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेशयादव र शिवशंकर यादव आमरन अनसनमा बसेका छन् ।   हुलाकी राजमार्गमा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको माग राख्दै ०८१ साउन २७ मा सिरहाबाट सैकडौं व्यक्तिहरुको सहभागीतामामोटरसाइकल ¥याली सहित बुझाइएको ज्ञापन पत्रमा उल्लेखित सामयसिमाभित्र मधेश प्रदेश सरकारको कुनै आधिकारिक धारणानआएपछि बाध्य भएर अनसनमा बस्नु परेको संयोजक यादवले बताए । अनसनको समय लम्बिदै गएपछि अनसनकारीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अधिकांश अनसनकारीको सलाईन लगाएकाछन् । सिरहा नगरपालिका–१७ पटेर्वा निवासी डा.कृष्ण कुमार यादवको पहलमा आएका स्वास्थ्कर्मीको टोलीले अनसनकारीकोस्वास्थ्य अवस्थाको निगरानी थालेका छन्  ।

पढाइ जारी राख्नुहोस्

आमरण अनसनको पहिलो रात बित्यो ः राज्यको कुनै निकायको ध्यान पुगेको छैन’

काठमाडौं । हुलाकी राजमार्गमा पर्ने भत्किएको कमला नदीको पुल पुनर्निर्माणको माग राख्दै १० जना युवाहरु आरमरण अनसनमाबसेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि हिजो मंगलबारदेखि नै आमरण अनसन सुरु गरिएको छ ।अनसनकारीहरुले झमझम वर्षाको बाबजुद निराहार रहेर टेण्ट मुनी एक रातकाटेका छन् । आमरण अनसन बस्नेहरुमा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादव, सिरहा नगरपालिकाका दुई जना वडाध्यक्षहरुइन्द्रजित यादव र समसाद आलम, औरही गाउँपालिकाकमा वडाध्यक्ष द्वय सुरेन्द्र यादव र जीवछ यादव , सिरहाका भोगेन्द्र साह शैलेशयादव शिवसंकर यादव, युवा अभियन्ता मनिष यादव र रुपेश कुमार यादव रहेका छन् । अनसनकारी तथा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादवले भने हामी ‘डु एण्ड डाई’ को अवस्थामा छौं । अब कि तकमलाको पुल निर्माण गर्न सरकारले यथोचित व्यवस्था गर्छ कि हामी अन्न बिना प्राण त्याग गर्छौ । अब उधारो र ढाँटको आश्वासनलेहुँदैन । तत्कालै पुल निर्माणका लागि येथेष्ट बजेट विनियोजन र निर्माण कार्यको सुरुवात गरिनु पर्छ । अर्का अनसनकारी औरहीका जीवछ यादव भन्छन् कमलाको पुल नहुँदा मधेशको सामाजिक आर्थिक गतिविधि नै ठप्प छ । मधेशकोजीवनरेखा भनिएको हुलाकी राजमार्ग प्रयोजनविहीन भएको छ । मधेश प्रति राज्यको यो उपेक्षा निकै पीडादायी छ । यो पुल भत्किदा जनजीवन मात्र कष्टकर भएको छैन , मधेशको समृद्ध हुने सपना पनिसमाप्त भएको छ । तर राज्यले देखेपनि नदेखे जस्तो गर्दैछ । उनले थपे हामी अब वारपारको शान्तिपूर्ण सत्यहाग्रहमा छौं । कमला पुल निर्माणका लागि दबाब सृजना गर्ने अभियन्ता तथा बरिष्ट पत्रकार रामरिझन यादव भन्छन् , कमलाको पुल भत्किएको स्थानसिरहा क्षेत्र नं. ३ मा पर्छ । यहाँका सांसद लीलानाथ श्रेष्ठ हुन । उनले ४ दिन अघि मात्र प्रदेशका मन्त्रीहरु समेत लगेर सिरहाकै सर्रे अम्बासमा मदन भण्डारीको ६ तले  स्मारक निर्माण गर्न ११ अर्व बजेटदिने घोषणा गरेका छन् । तर आफ्नै निर्वाचन क्षेत्रको पुल पुनर्निर्माणको लागि कुनै चिन्ता छैन । उनकै निर्वाचन क्षेत्रका युवाहरुले आमरण अनसन सुरु गर्दा पनिउनको कानमा वतास लागेको छैन । मधेश र मधेशीको भोट लिएर जितेका श्रेष्ठको यो रवैया र नियति कति निष्ठुर छ भन्ने कुरा अब मधेश र मधेशीले बुझ्नैपर्छ । उनले थपेहाम्रा बालबच्चा कमला नदी तर्दा पनि हरेक पटक ज्यानको बाजी लगाउँछन्, अहिले आमरण अनसनमा बस्दा पनि मृत्युसँग विकास सट्नबसेका छन् । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा निर्मित पुल ३ वर्ष अघि भत्किएको थियो । निर्माण सम्पन्नभएको केही महिनामै यो पुल भत्किएपछि हुलाकी राजमार्ग नै ठप्प भएको छ । सिरहा र धनुषा जिल्ला बीच आवागमन बन्द भएको छ ।स्थानीय जनताहरु जेखिम मोलेर नदी वारपार गर्छन् । यो पुल निर्माण गर्नु पर्ने माग राखेर विगत २ वर्षदेखि सिरहा र धनुषा जिल्लामा पटक पटक दबाबमूलक आन्दोलनहरु भएका छन् ।दर्जनौ पटक संघीय सरकार र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । तत्कालीन सरकारहरुका मन्त्री तथा नेताहरु नरायणकाजी श्रेष्ठ, रवि लामिछाने  रघुवीर महासेठ र गगन थापाले भत्किएको पुलकोअनुगमन निरीक्षण गरी एक वर्ष भित्र नयाँ पुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर आश्वासन अनुसार काम नभएपछि सिरहाकाबासिन्दाहरु मृत्युवरण गर्नसम्म तयार भएका छन् । सिरहाका पत्रकार बद्रीनारयण यादव भन्छन् यस पटक सिरहाली युवाहरुले वारपारको आन्दोलन सुरु गरेका छन् । १० जना मधेशीयुवाहरुको जीवन आहुति दिनुपर्ने अवस्था आयो भने त्यसले सिरहामा थामी नसक्नुको जन सुनामी पैदा गर्नेछ । सरकार र सरकार चलाउने पार्टीका नेताहरुको ध्यान जान जरुरी छ । उनले भने कमलाको पुललाई प्राथमिकता नदिई मदन भण्डारीकोस्मारक बनाउन ११ अर्व बजेट दिने घोषणा गर्ने सांसद लीलानाथ श्रेष्ठको अभिव्यक्ति मधेश र मधेशीहरुको मनमा यतिबेला काँडा झैंबिझीरहेको छ । यस प्रसंगमा निकै परिचर्चा सुरु भएको छ । मधेश प्रदेश सरकारको आँगनमै आमरण अनसन बसेका सत्याग्रहीहरुको माग प्रति मुख्यमन्त्री  सतिश कुमार सिंह भन्छन् मैले संघीयसरकारमा ज्ञापन पत्रको बोधार्थ पठाइ दिएको छु । हामीले पनि दबाब दिंदैछौ । यो संघीय सरकारको काम हो । उसैले पूरा गर्नुपर्छ । नेपाल न्युज बैंकबाट

पढाइ जारी राख्नुहोस्

पवित्र कमला नदीमा नयाँ पुलको माग

मुख्यमन्त्री कार्यालय अगाडी दश जना आमरण अनसनमा हुलाकी राजमार्गको सिरहा र धनुषा जोड्न पवित्र कमला नदीमा नयाँ पक्की पुलको माग गर्दै आमरन अनसन सुरु भएको छ ।  मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा १० जनाको सहभागितामा मंगलबार देखिआमरन अनसन सुरु गरिएको हो ।  हुलाकी सडक अन्र्तगत कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवकोनेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडानम्बर ४ का वडाअध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, वडानम्बर ३ का वडाअध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश कुमार यादव, युवा अभियन्तामनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादव आमरण अनसनमा बसेका छन् । विगत १३ वर्षदेखि निर्माणधीन पक्की पुल अलपत्र परेको, जोखिम रहेकोले नयाँ पुलको माग गर्दै इन्जिनियर नेतृत्वमा जनप्रतिनिधि रअभियन्ताहरुले सामुहिक रुपमा आमनरन अनसनमा बस्न बाध्य भएको संयोजक इन्जिनियर प्रविणले बताए ।  यस अघि संघर्ष समितिले गत साउन २७ मा पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई एक सुत्रीय माग राख्दै ज्ञापन पत्रबुझाइएको थियो । ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सोही अनुरुप सरकारकोतर्फबाट ७ दिनमा कुनै किसिमको चासो नदेखिएपछि सामुहिक अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक यादवले  बताएका छन् । भौतिक पूर्वाधारमन्त्रीसँग छलफल आमरन अनसन सुरु भएको एक घटनापछि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव अनसन स्थल पुगेका थिए । मन्त्रीयादवले अनसनरत पक्षसँग कमला पुल र आवश्यक प्रयासका वारेमा छलफल गरेका छन् । कमला पुल नबन्दा नागरिकले सास्तीभोगिरहेको यर्थाथलाई मन्त्रीले मनन गरेको अनसनकारी सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साहले भने,‘मन्त्रीजीलेहामीसँग छलफल गर्नुभयो । वृहत्त रुपमा छलफल र समाधानतर्फ जानेमा मधेश प्रदेश सरकार संवेदनशील रहेको मन्त्रीजीले आफ्नाकुरा राख्नुभयो ।’ पुलको लम्बाई र डिजाईन गलतः संयोजक यादव पवित्र कमला नदी पककी पुल निर्माणको माग गर्दै आईरहेको संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले भाँसिएर अलपत्ररहेको पुलको डिजाइन नै फेल भईसकेको बताएका छन् । ‘पुलको पाईल डेप्थ, स्कोर डेप्थ मिलेको छैन,’ इन्जिनियर यादवले भने,‘अर्कोतिर रिवर टे««निंगको डिजाइन गलत छ । यसको समाधान नयाँ पक्की पुल नै हो ।’ दशकौंदेखि ब्यग्र प्रतिक्षमा रहेका यस क्षेत्रका नागरिकलाई तत्काल कमला पुल निर्माणको पहल गर्न आवश्यक भएको अनसनरत सिरहानगरपालिका वडा नम्बर ८ का वडा सदस्य समेत रहेका इन्जिनियर रुपेश कुमार यादवले बताए । प्रदेश सरकारले आफ्नो बजेटमा नयाँपुल निर्माणको पहल गर्न आवश्यक बजेटको सुनिश्चितता नगरेसम्म अनसन नरोकिने भन्दै वडा सदस्य समेत रहेका इन्जिनियर यादवलेभने,‘हाम्रो पूर्वजहरुले पुलको पखाईमा यो सडक भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । अहिले हामी पनि त्यही अवस्थामा छौं । यस्तोहुनुहुदैन । नयाँ पुलको विकल्प छैन् ।’ मुख्यमन्त्री सिंह भन्छन्– सीधै अनशन बस्नु स्टन्ट मधेशका मुख्यमन्त्री सिंहले सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँ गम्भीर रहेको समयमा युवाहरु आमरणअनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए ।  प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि द्रुत गतिमा पहल गरिरहँदासमेत सीधै आएर आमरण अनशनमा बस्नु स्टन्ट भएकोआरोप उनले लगाए ।  ‘गत साउन २७ गते  नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाका साथीहरुले मलाई एक सूत्रीय माग राखेर ज्ञापनपत्रबुझाउनुभएको थियो, उहाँहरुकै ज्ञापनपत्रमा एक साताभित्र नयाँ पुल निर्माण सम्भव नरहेको र यसका लागि संघ सरकारसँग पहल गर्नभन्नु भएको रहेछ,’ उनले भने, ‘उहाँहरुको मागलाई गम्भीरताका साथ लिएर सोही दिन हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयलाई वोधार्थ राखेर संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मागसहित पत्र पनि लेखिसकेका छौँ ।’ मधेश सरकारको गत साउन ३१ गते बसेको मन्त्रिपरिषद बैठकबाट हुलाकी राजमार्गअन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि मागगर्ने निर्णयसमेत गरिएको उनले दावी गरे ।  उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँले त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्नेविषयमासमेत छलफल अगाडि बढाइएको बताए ।  सिरहा र धनुषाका कयौं मन्त्री भएपनि पुल बनेन् सिरहा र धनुषा जिल्ला जोड्न करिब १३ वर्ष अघि शिल्यानाश गरिएको थियो । तात्कालिन भौतिक पूर्वाधार मन्त्री हृदेश त्रिपाठीले २०६८सालमा पुल निर्माण गर्ने कार्यको शिल्यनाश गरेका थिए । विगत १३ वर्षमा सिरहा र धनुषावाट कयौं नेता मन्त्री भएपनि कमला नदीमापक्की पुल बन्ने र त्यसवाट सवारीसाधन सहज रुपमा आउजाउ हुने सपना साकार हुन सकेको छैन् । धनुषावाट नेपाली काँग्रेसका नेताविमलेन्द्र निधि, नेकपा एमालेका रघुवीर महासेठ, उमाशंकर अरगरिया यादव, रामचन्द्र झा, सिरहाबाट नेकपा एमालेका नेता लीलानाथश्रेष्ठ, नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष सितादेवी यादव, जसपाका नेता राजकिशोर यादव लगायत सिरहा र धनुषाका कयौं नेता मन्त्रीबनेपनि पुल बन्न सकेका छैनन् ।

पढाइ जारी राख्नुहोस्

हुलाकी राजमार्गमा कमला पुल निर्माणको लागि आमरण अनसन

भदौ ४ गते। हुलाकी राजमार्गको सिरहा-धनुषा सीमानामा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको लागि आज देखि संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन । गत साउन २७ गते पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई एकसुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सरकारको तर्फबाट ७दिनमा कुनै किसिमको चासो नदेखिएपछि सोही अनुरुप आजै देखि मुख्य मन्त्री कार्यालय अगाडि सामुहिक अनसन बसेका छन। ईन्जिनियर प्रविण कुमार यादव नेतृत्वको टोली मंगलबारदेखि जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडी १० जना आमरण अनसनमाबसेका छन ।  हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमारयादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीतयादव, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादव, युवाअभियन्ता मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य ईन्जिनियर रुपेश यादव, ईन्जिनियर शिवशंकर यादव र औरही गाउँपालिका वडा नम्बर ३ का ध्यक्ष जीवछ यादव आमरण अनसनमा बसेका हुन् । करिब १३ वर्ष अघिदेखि निर्माणधिन कमला नदीको पुल सञ्चालनमा नआउँदै भाँसिएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो । त्यसपछि जति सुकै ताकेदा गर्दा पनि सुनुबाईनभएपछि बाध्य भएर अभियन्ताहरु आमरण अनसनमा बसेका छन्

पढाइ जारी राख्नुहोस्

प्रहरी प्रशासनको आडमा खुल्लेआम आर्केस्ट

सिरहा। सिरहामा प्रहरी प्रशासनकै आडमा खुल्लेआम आर्केस्टरा(केटि नाच) भइरहेको पाइएको छ ।श्रावन महिनाको बोलबंमकोउपल्क्ष्यमा गोलबजारमा आर्केस्टरा नचाइएको हो ।   जिल्ला प्रशसान कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सँयुक्त रुपमा सिरहामा डिजे र ओरकेष्ट्रा प्रतिबन्ध लगाएको छ ।तर प्रहरी प्रशासनले आफैले लागू गरेको नियमलाई धज्जी उडाइरहेको देखिन्छ।  सहर तथा गाउँस्तरमा आस्थाको पर्वहरुमा रक्सी सेवन गरी लहै लहैमा ल्याउने ओरकेष्ट्राले  कुनै न कुनै अप्रिय घटना हुँदै आएकोतथ्याँक छ । चाडपर्व सुरु भएसँगै छिमेकी मुलुक भारतको बिहार, युपी राज्यबाट तथा नेपलकै झुमका,झापा लगायतको ठाउहरुबाटकेटीनाच ल्याएर नचाउने गरेको छ । चाडपर्व लक्षित हुने बितिकै जिल्लाको विभिन्न ठाउँहरुमा प्रहरी र मेलासमितिहरुकै मिलोमतोमा आर्केस्टरा हुने गरेको समाजकाअगुवाहरु बताउछ्न ।मेला समिती र प्रहरिले गर्दा पनि पहिलाको पर्वमा जुन रौनक हुन्थियो,त्यो अब हराउदै गएको छ । अहिले त पर्वभन्ने बितिकै अश्लीलता नाचगान ल्याउने अनि पर्वमनाउने गरेको समाजका अगुवाहरु बताउछ्न । यश विषयमा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्तालाई सम्पर्क गर्दा सम्पर्क हुनसकेन्न ।

पढाइ जारी राख्नुहोस्

नयाँ पुल निर्माणको माग कार्यान्वयन नभए भदौ ४ देखि अनशन बस्ने चेतावनी

सिरहा। कमला नदीमा नयाँ पुल निर्माणको माग गर्न बनेको संघर्ष समितिले उक्त माग कार्यान्वयन नभए अनशन बस्ने चेतावनी दिएको छ। संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई कमला नदीमा नयाँ पुल निर्माणको माग कार्यान्वयन नभए अनशन बस्ने चेतावनी दिएको हो। कमला पुल निर्माण संघर्ष समितिका संयोजक ई.प्रविन यादवले सिरहा र धनुषा जोड्ने कमला नदीमा नयाँ […]

पढाइ जारी राख्नुहोस्

को हुन् ईयू युथ साउन्डिङ बोर्ड नेपालका सदस्य बनेका नाईम।

कलिलो उमेर, हासिलो अनुहार र अति परिपक्कव ब्यवहार । यो परिचय हो भर्खरै  ईयू युथ साउन्डिङ बोर्ड नेपालका सदस्य बनेका मो. नइम राईनको । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वरका नईम अहिले वर्ष १९ का भएका छन् । उनी यति सानै उमेरमा सामाजिक सेवाका क्षेत्रमा राम्रो गरिरहेका छन् । सिरहा  सदरमुकामस्थित चन्द्र नमूना […]

पढाइ जारी राख्नुहोस्

पुल बनाउन माग गर्दै सिरहामा प्रदर्शन

सिरहा —हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा कमला नदीमा पुल बनाउन माग गर्दै सिरहामा प्रदर्शन भएको छ । सिरहा सदरमुकाममा स्थानीयबासीले प्रदर्शन गरेका हुन् । पुल निर्माण संघर्ष समितिमार्फत उनीहरुले बिहीबार महावीर चोकदेखि थाना चोकसम्म नारा-जुलुस गर्दै प्रदर्शन गरेका थिए । संघर्ष समितिका अनुसार आउँदो आइतबार सिरहाको बसबिट्टादेखि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस […]

पढाइ जारी राख्नुहोस्