भेन्टिलेशन फोडेर प्रहरीको हिरासतबाट भागेका थुनुवा

धनुषा ।   जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सवा ३ बजे राति १० जना थुनुवा फरार भएका छन् । धनुषा प्रहरीको नयाँभवनबाट १० फिट माथिको भेन्टिलेशनको रड काटेर १० जना कैदी फरार भएकामध्ये एक जना पक्राउ गरेका छन् ।  प्रहरीको हिरासत कक्षबाट भाग्नेहरुमा धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका २० रुपैठा हाल काठमाडौं चावहिल गणेशमन्दिर नजिक बस्ने २५ वर्षीय अमित कुमार झा (लागु औषध), धनुषाको विदेह नगरपालिका-७ गिद्धाका २६ वर्षीय रञ्जित मण्डल(लागु औषध), २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा जिल्ला सिरहा नगरपालिका- १३ का ३३ वर्षीय अभास्कर कुमार यादव (लागुऔषध) र धनुषाको औरही नगरपालिका-२ का २३ वर्षीय विशाल मुखिया फरार भएका छन् ।  यसैगरी अन्य फरार हुनेहरुमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका- १ का १७ वर्षीय सुमित मेस्तर नाबालक (अभद्रव्यवहार), धनुषा जिल्ला नगराईन नगरपालिका-२ का १८ वर्षीय मनिष मण्डल (अभद्र व्यवहार) र धनुषा जिल्ला जनकपुरधामउपमहानगरपालिका- ४ का २२ वर्षीय विक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको हिरासत कक्षकोडियूटीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ सदस्यीय टोली रहने गरेको स्रोतको दाबी छ । हिरासतबाट फरार अभियुक्त खोज्नसिमा क्षेत्र तथा जिल्ला अन्य स्थानहरुमा व्यापक प्रहरी परिचालन गरी खोजी कार्य तिव्र गरिएको जिल्ला प्रहरी कार्यालय धनुषालेजनाएको छ ।

पढाइ जारी राख्नुहोस्

जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई ।

जनकपुर। जनकपुरमा यसपाली जनकपुरको उद्योग बाणिज्य संघको चुनाव कडा टक्कर थियो। चुनावको प्रक्रीया सकने बित्तिकै सुरेन्द्र भण्डारी आफ्नो ज्योतिषगुरुलाइ भेटेर आशिर्वाद लिन पुगेका थिये।  जनकपुरको उद्योग बाणिज्य संघ नेपालकै विराटनगरपछिको दोस्रो पाको संस्था हो । यहाँका व्यापारी, समाजसेवी, अगुवा बुद्विजिवीहरुनेपालमा जनताको समेत सहभागिता भई राजनिति सुरु भएको बेला २००७ साल तिरकै दशकमा यस संघको स्थापना गरि दिएर पेशागतहक अधिकारका लागि बाटो देखाई दिएका हुन । यो संघ नेपालका व्यापारीहरुको केन्द्रिय छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ भन्दा पनि पुरानो संघ हो । ज्योतिष ई बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् ।  नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेकयस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबीगरिएको छ । जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष  गुरु बिबेकपाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ

पढाइ जारी राख्नुहोस्

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृयादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, रिजाल इजरायलको राजदूतबाट फिर्ताहुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा यादवलाई सिफारिस गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षकोजिम्मेवारीमा पनि पुगेसकेकी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् । यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उनीमाथि यसअघिइजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो ।

पढाइ जारी राख्नुहोस्

सिरहामा गणेश चर्तुदशी पूजामा ४२५ केजिको शुद्ध घ्यूको लड्डु । 

नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते ।  सदरमुकाम सिरहामा नेपालमै सबैभन्दा ठूलो चार कुन्टल पचिस (४२५) किलोको शुद्ध  घ्यूको लड्डू गणेश चर्तुदशीको आकर्षकको केन्द्रबनेको छ ।  सिरहा नगरपालिका वडा न.१ महावीर चौकमा भव्य गणेश  चर्तुदशी पूजा मनाईरहेका छन  । प्रत्येक बर्ष झै यस बर्ष पनि  गणेश चर्तुदशी पूजा यस पटक पनि गणेश पूजा महोत्सव आयोजना गरिएको छ । यस बर्ष ४२५ किलोको शुद्ध घ्युको ठूलो लडु  रहेको मेला समितिले जनाएको छ ।  भगवान गणेशको आकर्षक प्रतिमा सिंगोका कारणपनि चौकमा भगवान श्री गणेशको यस मेलामा शुद्ध प्यूमा बनेको ठूलो संखामा भक्तजन दर्शन गर्नेहरुको भिड रहेको छ ।  गणेशको जन्म भएको सम्झनामा गणेश चतुर्थीको दिन प्रत्येक वर्ष पुजा  हिन्दुधर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गणेशको पूजा गर्दासफल हुने जनविश्वास छ ।  गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरूमा भक्तजनहरुकोभिड लागेका छन् ।

पढाइ जारी राख्नुहोस्

किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु

ज्योतिष गुरु बिबेक पाण्डेय । हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान्शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिकप्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँगजोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहाछ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमाबेलीविस्तार लगाए । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरापुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैलेयो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएकाछोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवकोव्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् । तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूलेभोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहारर निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहितमहिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन्। कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाईटीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् । श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यहीपौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो । जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष  गुरु बिबेकपाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ

पढाइ जारी राख्नुहोस्

सर्वोच्चद्धारा एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतलेअन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।उमेरहदकाकारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५जनाले रिट दायर गरेका थिए । पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्रसमेतपठाइसकेको छ ।सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाशरोक्न अन्तरिम आदेश माग गरेका थिए । एआईजी ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधानकार्यालय नक्साल र राष्ट्रिय किताबखानालाई विपक्षी बनाउँदै रिट दर्ता गरेका थिए।उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ १३गते कारण देखाऊ आदेशसहित लिखित जवाफ मगाएको थियो।

पढाइ जारी राख्नुहोस्

मधेसका डीआईजीको खातामा अस्वाभाविक रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए

सिरहा – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको रएकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेकोखुलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियानचलिरहेको बताएका थिए । उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजीफस्न लागेको बताएपछि यो विषयले संगठनभित्र हल्लीखल्ली नै मच्चियो । स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी हुन्– मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल । उनको बैंक खातामाअस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च स्रोतले खबरहबलाई बतायो । डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार रअनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविनसमितिले हेडक्वार्टरमा झिकाएको छ । एक बिचौलिया पक्राउ डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ ।पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ । लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानकालागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतले बतायो । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिकविषयमा बोल्न नमिल्ने जवाफ आयो । १० प्रहरी हेडक्वार्टर तानिए डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी(भोजपुर)का एकजना समेत गरी १० प्रहरीलाई छानविनका लागि हेडक्वार्टर तानेको छ । डीआईजी पोखरेल निकटस्थ मधेसका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ थालेकोहो । छानविनका लागि प्रधान कार्यालय तानिएका प्रहरीको सूची – १. सई चन्द्रप्रसाद यादव– सीमा प्रहरी चौकी दुहबी, धनुषा २. असई उपेन्द्र प्रसाद यादव– प्रहरी चौकी मोहवा, सप्तरी ३. वरिष्ठ हवल्दार निरज कुमार साह– जिप्रका धनुषा ४. हवल्दार बच्चेलाल यादव– जिप्रका बारा ५.हवल्दार बृजेस मुखिया– इप्रका बालाङ्खा, भोजपुर ६. हवल्दार शैलेन्द्रप्रसाद कुर्मी– इप्रका निजगढ ७.सहायक हवल्दार अशोककुमार यादव– प्रहरी चौकी जनकुरधाम ८.सहायक हवल्दार ईश्वर अच्छामी– मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम ९. सहायक हवल्दार मुकुन्द शर्मा– प्रहरी चौकी कपिलेश्वर, धनुषा १० जवान सतेश लाल कायस्थ– जिप्रका धनुषा

पढाइ जारी राख्नुहोस्

नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश सरकार बीच ४ बुंदे सहमति अनसन स्थागित ।

हुलाकी राजमार्गको सिरहा र धनुषा जोड्न  कमला नदीमा नयाँ पक्की पुलको माग गर्दै २०८१ भदौँ ४ गते देखि आमरन अनसन सुरुभएको थियो  । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा १० जनाको सहभागितामामंगलबार देखि आमरन अनसन सुरु गरिएको थियो।  हुलाकी सडक अन्तर्गत  कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवकोनेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडानम्बर४ का वडाअध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, वडानम्बर ३का वडाअध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश कुमार यादव, युवा अभियन्ता मनिषकुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादव आमरण अनसनमा बसेका थिए । विगत १३ वर्षदेखि निर्माणधीन पक्की पुल अलपत्र परेको, जोखिम रहेकोले नयाँ पुलको माग गर्दै इन्जिनियर नेतृत्वमा जनप्रतिनिधि रअभियन्ताहरुले सामुहिक रुपमा आमनरन अनसनमा बस्न बाध्य भएको संयोजक इन्जिनियर प्रविणले बताए । मधेशप्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टा पछि अनसनकारीको समर्थनमा एक्यबद्धताकोओइरो लागकोथियो । विभिन्न सामाजिक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै एक्यबद्धता जनाएका थिए । आज मिति २०८१|०५|०७ गते नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषा र मधेश प्रदेश सरकारबीच वार्ता भई देहायकाविषयमा सहमति भएको ब्यहोरा यसप्रकार रहेको छ । १. नयाँ कमला पुलको निर्माण गरिने  । २.नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२\०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने नभएमा सम्पुर्णबजेट मधेश प्रदेश सरकारको श्रोतबाटै ब्यहोर्ने। ३. २०८१/०८/०१ भित्रमा पुल निर्माणको DPR का तयारीका लागि बोलपत्र आह्वान गरिने। ४. नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम आजैको मितिबाट स्थगित गरिने।

पढाइ जारी राख्नुहोस्

आमरण अनसनको समर्थनमा सिरहा बन्द गराउँदै

६ भदौ । कमला पुलका लागि मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको आमरण अनसनलाई समर्थन गर्दै सिरहाबजार बन्द गरिदैछ । आमरण अनसन बसेको तेस्रो दिन बिहीबार सिरहाबासी युवाहरुले बजारसँगै सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द गराउने निर्णयगरेको हो । आमरण अनसनमै बस्न बाध्य बनाएको सरकारले अनसनकारीको स्वास्थ्यमा समस्या आउन थालेपनि चासो नदेखाएको भन्दै सिरहाबासीयुवाहरु सक्रिय भएको स्थानीय ईन्जिनियर मनिष यादवले बताए । दशकौदेखि प्रतिक्षित हुलाकी राजमार्ग पूर्ण रुपले सञ्चालनमा आउन कमला पुल मुख्य बाधक हो । १३ वर्ष लगाएर निर्माण गरिएकोउक्त पुल उद्घाटन हुन तीन दिन बाँकी रहँदा भासिएको थियो । त्यसयता सरकारले पुल पुनर्निर्माण थालेको जस्तो देखिएपनि अहिलेसम्मकाम सम्पन्न हुन सकेको छैन । बारम्बार मौखिक र लिखित ताकेदा गरे पनि सम्बन्धित निकायले सुनुवाई नगरेपछि बाध्य भएर आमरण अनसनमा बस्नु परेको संयोजकईन्जिनियर प्रविण यादवको भनाई छ ।

पढाइ जारी राख्नुहोस्

जनकपुरधाममा अनसनकारीको स्वास्थ्य गम्भीर: नेपाल सरकारको उदासीनताले खतरनाक मोड लिन सक्ने चेतावनी!

कमला पुलको निर्माणको माग गर्दै जनकपुरधाममा जारी आमरण अनसनले खतरनाक मोड लिएको छ। लगातार केही दिनदेखिअनसनमा रहेका १० जना आन्दोलनकारीमध्ये ३ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अनसनकारीले न त खाना न त पानी लिएकाछन्, जसले गर्दा उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि नेपाल सरकारले कुनै ठोस कदम नचालेकोप्रति जनाक्रोश बढ्दै गएको छ। अनसनकारीहरूकोउपचारमा सरकारको उदासीनता देखिँदा, आन्दोलन उग्र रूप लिने संकेत देखिन थालेको छ। यस घटनाले मधेश प्रदेशमा तनावपूर्णअवस्था सिर्जना गर्न सक्ने विश्लेषणकर्ताहरूले चेतावनी दिएका छन्। जनकपुरधाममा आमरण अनसन र सरकारको चुप्पीले राजनीतिक तापक्रम बढेको छ। कमला पुल निर्माणको मागसहितको योआन्दोलनलाई सरकारले बेवास्ता गर्नु, भविष्यमाथिको चुनौती बनेको छ। मधेश प्रदेशभरि फैलँदै गएको यस विरोधको कारण देशव्यापीआन्दोलनको सम्भावना पनि रहेको विश्लेषकहरूले औंल्याएका छन्।

पढाइ जारी राख्नुहोस्