पुरानालाई सच्चिने र नयाँ शक्तिहरूका लागि काम गरेर देखाउने चुनौतीको वर्ष

काठमाडौं । २०८२ साल नेपालको राजनीतिक इतिहासमा एक ’टर्निङ प्वाइन्ट’ वा महापरिवर्तनको वर्षका रूपमा अंकित भएको छ । दशकौँदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना शक्तिहरूको प्रभाव कमजोर बन्दै गएको र नयाँ वैकल्पिक शक्तिहरूको उदयले नेपाली राजनीतिमा एउटा नयाँ आयाम थपेको यो वर्ष अत्यन्तै उतारचढावपूर्ण रह्यो । २०८२ सालमा थुप्रै राजनीतिक घटनाहरु भए, जसले वर्ष २०८२ […]

Continue Reading

नवनियुक्त २ मन्त्री र उपसभामुखले लिए शपथ

काठमाण्डु– नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योगमन्त्री नियुक्त गरेका थिए । शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिले उनीहरुलाई शपथ खुवाएका हुन् । यस्तै नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले […]

Continue Reading

डिजटल ट्रान्स्फरमेसन प्रोजेक्टबारे सञ्चारमन्त्री समक्ष विश्व बैंकको चासो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैँकका उच्चस्तरीय प्रतिनिधिबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा विश्व बैँकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेनसहितको टोली सहभागी थियो । भेटका क्रममा आपसी सहयोगको वर्तमान अवस्था र आगामी सहकार्यका विषयमा विस्तृत छलफल […]

Continue Reading

चैत २७ गते संसदको दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । चैत २७ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले सो बैठक आह्वान गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थद्वारा जारी पत्रअनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त […]

Continue Reading

राजदूत र कुटनीतिज्ञलाई प्रधानमन्त्रीको सन्देश–नेपालको प्राथमिकता सन्तुलित र व्यवहारिक कुटनीति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गर्दै बुधबार प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए ।  सो अबसरमा प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा […]

Continue Reading

डा. संगीत दास संघर्षबाट सफलता सेवाबाट सपनासम्मको प्रेरणादायी यात्रा

सिराहा – जनकपुरका एक साधारण परिवारमा जन्मिएका डा. संगीत दासले आफ्नो अथक मेहनत, सेवाभाव र दृढ संकल्पका माध्यमबाट चिकित्सा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। एमबिबिएस अध्ययनदेखि लिएर प्रादेशिक अस्पतालमा निरन्तर सेवा र अन्ततः प्रतिष्ठित संस्थामा पूर्ण छात्रवृत्तिमा एमडी/एमएस अध्ययनमा नाम निकाल्नु उनका लागि मात्र नभई समग्र समाजका लागि प्रेरणाको स्रोत बनेको छ। डा. दासको […]

Continue Reading

सिरहा नगरपालिकाको लापरबाही: सलहेशको ऐतिहासिक मूर्ति संरक्षणविहीन, जिम्मेवारी कसको?

स्थानीय आक्रोश बढ्दो, नगरप्रमुखको प्रतिबद्धता अस्पष्ट सिरहा, सिरहा नगरपालिकाको क्षेत्रभित्र पर्ने लोकदेवता सलहेशको ऐतिहासिक मूर्ति संरक्षण अभावका कारण जोखिममा परेको छ। वर्षौँदेखि उचित संरक्षण, संरचना निर्माण र व्यवस्थापन नगर्दा उक्त मूर्ति क्रमशः जीर्ण बन्दै गएको स्थानीयवासीहरूले बताएका छन्। स्थानीय सरकारको निष्क्रियता र प्राथमिकताको अभावले सांस्कृतिक सम्पदामाथि प्रत्यक्ष असर परेको आरोप समेत उठेको छ। स्थानीय स्रोतका […]

Continue Reading

आजबाट कामु प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई

काठमाण्डु– सर्वोच्च अदालतकी वरिष्ठत न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हालेकी छिन् । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि मल्ल आजदेखि कामु प्रधानन्यायाधीश बनेकी हुन् । प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतस् कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ । बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७ […]

Continue Reading

राष्ट्रपतिद्वारा चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान, सिंहदरबारमा बस्ने

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत १९ गते बिहीबारका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरिएको हो । अधिवेशन आगामी बिहीबार […]

Continue Reading

सांसदहरूलाई प्रधानमन्त्री शाहले सोधे- तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ?

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन् । सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीसँग छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेले प्रदेशको […]

Continue Reading